विद्यालयमा अनावस्यक राजनीति नगरौं : अध्यक्ष तिवारी
वालिङ :
शिक्षक र अभिभावकलाई विद्यार्थीको भविष्यप्रति जिम्मेवार बन्न अर्जुनचौपारी गाउँपालिकाका अध्यक्ष प्रकाश तिवारीले आग्रह गरेका छन् । अर्जुनचौपारी ५ स्थित सर्वोदय माध्यमिक विद्यालयको ५६ औं बार्षिकोत्सव समारोहको उद्घाटन गर्दै अध्यक्ष तिवारीले बिद्यार्थीहरुको भविष्यप्रति जिम्मेवार बन्न शिक्षक र अभिभावकहरुलाई सुझाएका हुन् । बढ्दो राजनीतिले गर्दा शैक्षिक क्षेत्र ओरालो तर्फ गइरहेको बताउदै अध्यक्ष तिवारीले राजनीति बिद्यालयमा नगर्न शिक्षक, अभिभावक र विद्यार्थीहरुलाई आग्रह गरे । गाउँपालिका शैक्षिक सुधारमा लागेको संकेत गर्दै विद्यालयको प्रतिफल राम्रो नआएमा प्रधानाध्यापक र शिक्षकहरु निगरानीमा पर्ने चेतावनी उनले दिए ।
नयाँ शैक्षिकसत्र सुरु हुनुपुर्व लिइएका परिक्षमा बिषयगत शिक्षकले ५० प्रतिशत बिद्यार्थी उत्र्तिण गरेको हुनुपर्ने छ उनले भने,‘लक्ष्य अनुसार बिषयगत शिक्षकले परिणाम नदिएमा सरुवा गरेर कारवाही सुरु हुनेछ ।’ अब गफ गरेर होइन परिणाममा नतिजा दिनुपर्छ उनले भने । बालवालिकाको भविष्यमाथी खेलवाड गर्ने कसैलाई पनि स्थानीय सरकारले नछाड्ने अध्यक्ष तिवारीको चेतावनी छ । राजनीति गर्न चाहाने शिक्षकले राजिनामा दिएर फिल्डमा उत्रन समेत उनले सुझाए ।

संविधानले स्थानीय शैक्षिक गतिविधि संचालन गर्ने अधिकार स्थानीय सरकारलाई दिएको बताउदै अध्यक्ष तिवारीले यो बर्षको अन्तिम परिक्षबाट पालिकाभरीका बिद्यालयको मुल्याङकन हुने बताए । विद्यालय ब्यावस्थापन समिति चयनमा समेत राजनीति गरेर अगाडी नबढ्न सुझाव दिदै अध्यक्ष तिवारीले अभिभावकहरुबाटै विद्यालय व्यवस्थापन समिति चयन गर्न आग्रह गरे । पछिल्लो समय अध्यक्ष तिवारीले पालिकाको शैक्षिक सुधारका लागि केही जोखिम पनि मोल्दै आएका छन् । शैक्षिक सुधार भयो भने मात्रै पालिकाको आधा विकास हुने संकेत गर्दै अध्यक्ष तिवारीले शैक्षिक गतिविधिमा ठग्ने शिक्षक कर्मचारीहरुलाई कारवाही समेत गर्दै आएको बताए ।
गएको एकबर्षलाई सुशासनको बर्ष ठानेका अध्यक्ष तिवारीले दोस्रो बर्षलाई एक्सन ठानेका छन् । त्यसैले अध्यक्ष तिवारीले आफ्नो कार्यकालमा शैक्षिक सुधारलाई पहिलो आधार बनाउदै आएका छन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


