सहकारी उत्पादनमा जोडिनु पर्छ : मन्त्री अर्याल तिवारी
वालिङ :
गण्डकी प्रदेशका उर्जा जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले सहकारीहरु उत्पादनमा जोडिनु पर्ने बताउनु भएको छ । शनिबार वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड तेस्रो साधारण सभाको उद्दघाटन गर्दै मन्त्री तिवारीले सहकारीहरु उत्पादनमा जोडिनु अनिवार्य रहेको स्पष्ट पार्नु भयो ।
पछिल्लो समय सहकारीमा देखिएको विकृत्तिलाई रोक्न सेयर सदस्यहरु चनाखो हुनुपर्ने मन्त्री अर्यालको भनाई छ । सहकारीले आफ्ना सदस्यहरुको बचत फिर्ता गर्न नसक्ने, सहकारी नै डुब्ने घटनाहरु देशभर फैलिरहेको भन्दै यसलाई रोक्न बेलैमा सदस्यहरु संयम चनाखो र सचेत बन्न आवश्यक रहेको मन्त्री तिवारीले बताउनु भयो ।
सहकारी आफ्नो नीति र सिद्धान्तलाई आत्मसाथ गरेर पारदर्शी तवरले चल्नुपर्ने भन्दै मन्त्री तिवारीले सहकारीले अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुँने बताउनुभयो । मन्त्री तिवारीले भन्नुभयो, “आफ्ना सदस्यहरुको आर्थिक स्थिति वृद्धि गर्नका लागी खोलिएका सहकारी नीति र सिद्धान्त विपरित रुपमा अगाडि बढ्दा विभिन्न समस्या आईरहेका छन् ।” सहकारी धरासयी हुनबाट बच्न समयमै सहकारीका सदस्यहरु चनाखो बन्नुपर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष छविलाल आले, नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी, सेयर सदस्यहरु महेश गुरुङ र चण्डिका सापकोटा अर्याल गायतले बोल्नुभएको थियो । कार्यक्रममा सहकारीका अध्यक्ष, कोषाध्यक्ष, सचिव, लेखा संयोजक, प्रबन्धकको प्रतिवेदन समेत प्रस्तुत गरिएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष ल्या. यामबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष नेत्रप्रसाद सुवेदी र संचालन सदस्य भोजराज गुरुङले गर्नुभएको थियो ।
सहकारीले पर्यटकीय क्षेत्र वालिङ ५ पित्लेकमा साधारण सभा गरेको हो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


