किन टाँस्दैछ पालिकाले वालिङका घरहरुमा नम्बर प्लेट ?
मणी प्रसाद अर्याल/वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाभित्रका घरहरुमा नम्बर प्लेट टाँसिने भएको छ । नगरपालिकाले सुरु गरेको समुदाय स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रम अन्तर्गत नगरका प्रत्येक घरहरुमा नम्बर प्लेट टाँसिने भएको हो ।
प्रत्येक नागरिकको स्वास्थ्य स्थितिको अभिलेखीकरण सहित उक्त नागरिकको घरसमेत जीपीएस प्रणालीबाट पत्ता लगाउन सक्ने गरी घरहरुमा नम्बर प्लेट टाँसिन लागेको नगरप्रमुख खाँणले बताउनुभयो ।
वालिङ ३ मा माझकोटमा औपचारिक कार्यक्रमबाट सुरु गरिएको यस कार्यक्रमले प्रत्येक नागरिकको स्वास्थ्य अवस्थाको बारेमा नगरपालिका जानकार भैरहने र सोही बमोजिम अन्य कार्यक्रम तथा नीतिहरु तयार गर्न सघाउ पुग्नेमा नगरप्रमुख खाँणले विश्वास व्यक्त गर्नुभयो ।
स्मार्ट नगरपालिकाको स्पमा पहिचान बनाएको वालिङले नागरिकको स्वास्थ्य स्थिति थाहा नपाउँदासम्म हरेक आर्थिक वर्षमा तय गरिने नगरका योजना,नीति तथा कार्यक्रमहरु लागू गर्न कठिनाइ भएको नगर उपप्रमुख कविता तिवारी गैह«ेले बताउनुभयो ।
उहाँले स्वास्थ्य नै मानवजीवनको सबैभन्दा ठूलो सम्पत्ति भएकोले नागरिकको स्वास्थ्यको अवस्था अनुसार बजेट निर्माण,योजना कार्यान्वयन तथा अन्य विविध पक्षहरुको वर्गीकरण गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।
मंसिर १४ गतेबाट सुरु भएको कार्यक्रम एक महिनाको अवधिमा सम्पूर्ण घरहरुमा नम्बर प्लेट टाँस्ने कार्य सम्पन्न गरिने नगरपालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


