३ महिने कटाई सिलाई तालीम सुरु ।
वालिङ :
वालिङमा कटाई सिलाई सम्बन्धी तालीम शुरु भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक तथा स्वास्थ्य मन्त्रालय व्यावसायीक सिप विकास तालिम केन्द्र पोखराको आयोजनामा ३ महिने कटाई सिलाई तालीम सुरु भएकाे हाे । परम्परागत कला तथा सिप विकास तालीम केन्द्र वालिङ, ८ नयाँबजारमा तालीम सुरु भएको हो ।
कार्यक्रममा बोल्नुहुदै नगर प्रवक्ता तथा वालिङ १ का वडा अध्यक्ष पदमराज गुरुङले सिप सिकेर व्यवहारमा उतारी आत्मनिर्भर हुन सहभागिहरुलाई आग्रह गर्नुभयो । साथै सिमित समुदायको पेसाको रुपमा चिनिए पनि पछिल्लो समय कटाई तथा सिलाई सम्बन्धी सिपमा धेरैको रुचि तथा आकर्षण बढ्दो रहेको बताउँदै आवश्यक पर्ने सबै सहयोग गर्नका लागी नगरबाट पहल हुने उहाँको भनाई थियो ।
कार्यक्रममा वालिङका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले सिप बिनाकाे जीवन अधुराे हुने बताउनु भयाे ।
कार्यपालिका सदस्य सिता विक लगायतले बोल्नुभएको थियो । व्यावसायिक सिप विकास तालिम केन्द्र पोखराका डिल्लीराम सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत गिता रनपालले र कार्यक्रमको सञ्चालन प्रशिक्षक लिल बहादुर रनपालले गर्नुभएको थियो ।
२० जनाको सहभागिता रहेको तालिममा लिल बहादुर रनपालले प्रशिक्षण दिनुहुनेछ । तालीममा २० जना महिलाकाे सहभागिता रहेकाे छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


