३ महिने कटाई सिलाई तालीम सुरु ।
वालिङ :
वालिङमा कटाई सिलाई सम्बन्धी तालीम शुरु भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक तथा स्वास्थ्य मन्त्रालय व्यावसायीक सिप विकास तालिम केन्द्र पोखराको आयोजनामा ३ महिने कटाई सिलाई तालीम सुरु भएकाे हाे । परम्परागत कला तथा सिप विकास तालीम केन्द्र वालिङ, ८ नयाँबजारमा तालीम सुरु भएको हो ।
कार्यक्रममा बोल्नुहुदै नगर प्रवक्ता तथा वालिङ १ का वडा अध्यक्ष पदमराज गुरुङले सिप सिकेर व्यवहारमा उतारी आत्मनिर्भर हुन सहभागिहरुलाई आग्रह गर्नुभयो । साथै सिमित समुदायको पेसाको रुपमा चिनिए पनि पछिल्लो समय कटाई तथा सिलाई सम्बन्धी सिपमा धेरैको रुचि तथा आकर्षण बढ्दो रहेको बताउँदै आवश्यक पर्ने सबै सहयोग गर्नका लागी नगरबाट पहल हुने उहाँको भनाई थियो ।
कार्यक्रममा वालिङका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले सिप बिनाकाे जीवन अधुराे हुने बताउनु भयाे ।
कार्यपालिका सदस्य सिता विक लगायतले बोल्नुभएको थियो । व्यावसायिक सिप विकास तालिम केन्द्र पोखराका डिल्लीराम सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत गिता रनपालले र कार्यक्रमको सञ्चालन प्रशिक्षक लिल बहादुर रनपालले गर्नुभएको थियो ।
२० जनाको सहभागिता रहेको तालिममा लिल बहादुर रनपालले प्रशिक्षण दिनुहुनेछ । तालीममा २० जना महिलाकाे सहभागिता रहेकाे छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
३ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


