आर्थिक विकासका लागि स्थानियततहको भूमिका महत्वपूर्ण :अध्यक्ष तिमिल्सीना ।
राधाकृष्ण डुम्रे/स्याङजा :
राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीनाले आर्थिक विकासका लागि स्थानियततहको भूमिका महत्वपूर्ण रहने बताउनु भएको छ ।
स्याङ्जाको कालीगणडकी गाउँपालिकाले आयोजना गरेको ‘पाँचौ अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सव’ को उद्घाटन गर्दै अध्यक्ष तिमिल्सीनाले स्थानीयतहको भूमिका समग्र देशको विकाससँग जोडिने बताउनु भयो ।
समुन्नत नेपाल निर्माणका लागि स्थानियतहरु बिच प्रतिस्पर्धा हुनु पर्ने भन्दै अध्यक्ष तिमिल्सीनाले अव सवैको ध्यान समुन्नत नेपाल निर्माण तर्फ जानु पर्नेमा जोड दिनुभयो ।
व्यवशायीक खेल क्षेत्रबाट जीविकोपार्जन सम्भव हुँदै गएको अध्यक्ष तिमिल्सीनाको भनाई छ । उहाँले भन्नुभयो,“हामी जे काममा लाग्छौं त्यो मनमष्तिकबाट गरौं अनि मात्रै सफलता मिल्छ र जीवन सहज बन्छ ।”
कार्यक्रममा संविधान सभा सदस्य मुक्ति प्रसाद पाठाक,प्रदेश सांसद महेश भट्टराई, गाउँपालिका अध्यक्ष खिमबहादुर थापा,उपाध्यक्ष सावित्रा कोईराला लगायतले बोल्नु भएको थियो ।
यसैबीच कालीगण्डकी गाँउपालिकामा शुक्रवारबाट ‘पाँचौ अध्यक्ष कप कालीगण्डकी खेलकुद महोत्सव’ सुरु भएको छ ।

कालीगण्डकीले कृषि पूर्वाधार विकाससँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेर बर्षेनी खेलकुद महोत्सवको आयोजना गर्दै आएको छ ।
खेलकुद महोत्सवमा सात वटा विधामा एक्काईस खेल खेलाईने कालीगण्डकी गाँउपालिकाका अध्यक्ष खिमबहादुर थापाले जानकारी दिनुभयो ।
पुष १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६५१ जनाले प्रतिस्पर्धा गर्नेछन् । सात वडा रहेको पालिकाका प्रत्येक वडाबाट ९३ जना सहभागि हुने अध्यक्ष थापाले बताउनु भयो । सहभागिको छनौट वडा स्तरबाट हुने गरेको छ । प्रतियोगितामा २१ स्वर्ण, २१ कास्य र २१ रजत पदकका लागि प्रतिस्पर्धा प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


