भीरकोट : राष्ट्रपति रनिङ शिल्डमा सहिद शुक्र प्रथम
भीरकोट :
भीरकोट नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ स्वर्ण, ७ रजत र ३ कास्य पदक प्राप्त गर्दै सहिद शुक्र माध्यमिक विद्यालय प्रथम भएको छ। मंसिर १६ देखि १९ गतेसम्म भीरकोट खेलमैदानमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १७ वटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा भाग्योदय माध्यमिक विद्यालयले दोस्रो स्थान प्राप्त गरेको छ।भाग्योदय मा.वि. ले ३ स्वर्ण, ९ रजत र ३ कास्य पदक प्राप्त गरि दोस्रो स्थान सुरक्षित गरेको थियो। यसैगरी भू.पू. सैनिक कम्युनिटी एकेडमीले ७ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरि तेस्रो स्थान प्राप्त गरेको छ।

प्रतियोगितामा कबड्डी, भलिबल, छोटो तथा लामो दुरीको दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प, ज्याभ्लिन थ्रो, सटपुट लगायतका खेलहरू समावेश गरिएको थियो।जनप्रतिनिधि र कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको प्रतियोगिता सफल बनाउन भीरकोटका सबै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो।
१६ गते गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले समुद्घाटन गरेको समारोहको समापन नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले गरेका थिए। पालिकाको आफ्नै खेलमैदानमा आयोजना गरिएको खेलकुद प्रतियोगिता गत वर्षहरूमा भन्दा व्यवस्थित र योजनाबद्ध रूपमा संचालन भएको थियो।

नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले भीरकोट खेलमैदानलाई थप विस्तार र स्तरोन्नति गरि जिल्लाकै ठूलो र व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन्।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


