भीरकोट : राष्ट्रपति रनिङ शिल्डमा सहिद शुक्र प्रथम

भीरकोट :
भीरकोट नगरपालिकाद्वारा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ स्वर्ण, ७ रजत र ३ कास्य पदक प्राप्त गर्दै सहिद शुक्र माध्यमिक विद्यालय प्रथम भएको छ। मंसिर १६ देखि १९ गतेसम्म भीरकोट खेलमैदानमा आयोजित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १७ वटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका थिए। प्रतियोगितामा भाग्योदय माध्यमिक विद्यालयले दोस्रो स्थान प्राप्त गरेको छ।भाग्योदय मा.वि. ले ३ स्वर्ण, ९ रजत र ३ कास्य पदक प्राप्त गरि दोस्रो स्थान सुरक्षित गरेको थियो। यसैगरी भू.पू. सैनिक कम्युनिटी एकेडमीले ७ स्वर्ण, ३ रजत र २ कास्य पदक प्राप्त गरि तेस्रो स्थान प्राप्त गरेको छ।
प्रतियोगितामा कबड्डी, भलिबल, छोटो तथा लामो दुरीको दौड, रिले दौड, हाइजम्प, लङ्गजम्प, ज्याभ्लिन थ्रो, सटपुट लगायतका खेलहरू समावेश गरिएको थियो।जनप्रतिनिधि र कर्मचारीहरूको समेत सक्रिय सहभागिता रहेको प्रतियोगिता सफल बनाउन भीरकोटका सबै माध्यमिक विद्यालयहरूको सहभागिता रहेको थियो।
१६ गते गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले समुद्घाटन गरेको समारोहको समापन नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले गरेका थिए। पालिकाको आफ्नै खेलमैदानमा आयोजना गरिएको खेलकुद प्रतियोगिता गत वर्षहरूमा भन्दा व्यवस्थित र योजनाबद्ध रूपमा संचालन भएको थियो।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले भीरकोट खेलमैदानलाई थप विस्तार र स्तरोन्नति गरि जिल्लाकै ठूलो र व्यवस्थित गर्ने प्रतिबद्धता जनाएका छन्।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…