रैथाने बालि जोगाउन वालिङमा बीउ बैंकको स्थापना ।
राधाकृष्ण डुम्रे/वालिङ :
स्याङजामा रैथाने बालीलाई जोगाउन बीउ बैंक (बीउबीजन संकलन तथा संरक्षण केन्द्र)को स्थापना गरिएको छ । प्छिल्लो समय परम्परागत बालीहरु लोप हुँदै जानथालेको भन्दै यसको संरक्षणका लागि वालिङ नगरपालिका–८ मा बीउ बैंकको स्थापना गरिएको हो ।
वालिङ प्रोडक्ट होल्डिङ बहुउद्देश्यीय सहकारी संस्थाले वालिङ नगरपालिका,संयुक्त राष्ट्रसंघीय विकास संस्था(युएनडिपी),दियालो संस्था लगायतको सहकार्यमा बीउ बैंकको स्थापना गरेको हो ।

बीउ बैंकको युएनडिपी नेपालका उपआवासीय प्रतिनिधि(डिआरआर) जुलियन्स सेभिलियर्ड ,वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण,निवर्तमान् नगरप्रमुख दिलिपप्रताप खाँणले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै डिआरआर सेभिलियर्डले परम्परागत खेती प्रणलीको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनु भयो । उहाँले भन्नुभयो,“परम्परागत बीउको संरक्षण र खेती सँगै लैजानु पर्छ ।”
वालिङ नगरपालिकाले लिएको सुशासन,समावेसी आर्थिक विकास र हरित वातावरणमैत्री सहरको अभियान युएनडिपीको पनि प्राथमिकताको क्षेत्रहरु भएको भन्दै सेभिलियर्डले सहकार्यलाई अझै मजवुत बनाउने बताउनु भयो ।
कार्यक्रममा वालिङ नगरप्रमुख कृष्ण खाँणले रैथानेबालीको संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
युएनडिपी नेपालका गण्डकी र लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले रैथानेबालीको संरक्षण अभियानलाई दिगो बनाउन आवश्यक रहेको बताउनु भयो । सहकारी मार्फत गरिएको अभियानलाई दीर्घकालिन योजनाका साथ अगाडि बढ्नु पर्नेमा उहाँको जोड छ ।

वालिङ नगर उपप्रमुख कविता तिवारी गैह्रे, निवर्तमान् नगरप्रमुख दिलिपप्रताप खाँण लगायतले बीउ बैंकको प्रभावकारिता र आवश्यक्ताका बारेमा बोल्नु भएको थियो ।
सहकारीले स्याङजा जिल्लाबाट लोप हुँदै गइरहेको रैथाने बालीको ५६ किसिमका बीउहरु संकलन गरिसकेको संस्थाका अध्यक्ष यामबहादुर गुरुङले जानकारी दिनुभयो । अन्य बीउहरुको पनि पहिचान र संकलन गर्ने काम भईरहेको गुरुङको भनाई छ ।
सहकारीले यो बर्ष पाखे जर्नेली, अनदी, कालो झिनुवा, रातो झिनुवा र स्थानीय जेठोबुढो गरी पाँच किसिमका धानहरुलाई रोपणका लागि सहयोग गरेको थियो । जिल्लाका विभिन्न ठाउँका किसानलाई लोप हुन लागेका धानहरु रोप्नका लागि सहयोग गर्ने, विउ उपलव्ध गराउने काम गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
४ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


