भ्रष्टाचार र भ्रष्टाचारीको अन्य नगरे सम्म देशको विकास हुँदैन : सभापति लामिछाने
वालिङ :
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भ्रष्टाचार र भ्रष्टाचारीको अन्य नगरे सम्म देशले निकास नपाउने बताउनु भएको छ । स्याङ्जाकोे वालिङमा आयोजित सभालाई सम्बोधन गर्नुहुँदै सभापति लामिछानेले नेताहरुको गलत भूमिकाका कारण देशमा भ्रष्टाचार बढेको बताउनु भयो । उहाँले भन्नुभयो,“अव हामीले नेता छान्दा ख्याल गरेनौं भने हामी निक्कै पछाडि पर्नेछौं ।”
देशमा युवापुस्तालाई रोक्ने तर्फ ध्यान नदिई भ्रष्टाचारमा लिप्त भएका कारण देशमा आर्थिक सङ्कट परेको उहाँको दावी छ ।
विकासलाई गतिशील बनाई युवाहरुलाई स्वदेशमै रोजगारी दिने रास्वपाको मूख्य उद्देश्य रहेको भन्दै सभापति लामिछानेले २०८४ को चुनावमा बहुमत ल्याएर सवै नेताको भ्रष्टाचारको फाइल खोल्ने स्पष्ट पार्नुभयो ।
भ्रष्टाचार अन्त्यको अभियानमा लागेकाले आफूले मुद्दा खेप्नु परेको उहाँको भनाई छ । भ्रष्टाचारको अन्त्य गर्दा मात्रै नागरिकको शिक्षा र स्वास्थ्य जस्ता आधारभूत सेवाका लागि सहजै बजेट पुग्ने लामिछानेको दावी छ ।
कृषि र पर्यटनलाई गतिलो आम्दानीको स्रोत बनाउन सकिने भन्दै आफूले दीर्घकालिन योजना बनाएर काम गर्ने उहाँको भनाई छ ।
गाउँ रित्तिदै गएको भन्दै सभापति लामिछानेले यसको रोक्नका लागि दीगो आर्थिक संमृद्धि आवश्यक रहेको बताउनु भयो ।
सभापति रवि लामिछानेले शुक्रबार नै गल्याङ र भीरकोटमा आयोजित सभालाई पनि सम्बोधन गर्नु भएको छ ।

समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
३ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


