पुतलीबजार : छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न
स्याङ्जा :
रोशनी आवासीय माविले पुतलीबजार नगरपालिकाले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उपाधि जितेको छ ।
पुतलीबजार नगरपालिका १ मालेबगर खेल मैदान भएको खेलकुदमा रोशनीले १२ स्वर्ण, तीन रजत र एक कांस्य पदक जिल्दै उपाधि जितेको हो । रोशनीले प्रथम हुँदै रनिङ शिल्ड सहित, कप, मेडल र प्रमाण पत्र हात पारेको हो ।
दोस्रो भएको कोल्मा बराहचौर माविले तीन स्वर्ण, दुई रजत र दुई कांस्य पदक जितेको हो भने भूपू सैनिक आवासीय माविले दुई रजत र दुई कांस्य पदक जित्दै तेस्रो बनेको हो । सान्त्वना स्थान हात पारेको मातृभूमि माविले एक स्वर्ण, चार रजत र एक कांस्य पदक जितेको हो ।
२४ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ६९१ खेलाडी सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम र दोस्रो तथा समूहगतमा एक टोलीले पुस ८ गतेबाट सुरु हुने १२औँ जिल्ला स्तरीय रनिङ शिल्ड खेलकुदमा सहभागिता जनाउने छन् ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


