पुतलीबजार : छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सम्पन्न
स्याङ्जा :
रोशनी आवासीय माविले पुतलीबजार नगरपालिकाले आयोजना गरेको छैटौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता उपाधि जितेको छ ।
पुतलीबजार नगरपालिका १ मालेबगर खेल मैदान भएको खेलकुदमा रोशनीले १२ स्वर्ण, तीन रजत र एक कांस्य पदक जिल्दै उपाधि जितेको हो । रोशनीले प्रथम हुँदै रनिङ शिल्ड सहित, कप, मेडल र प्रमाण पत्र हात पारेको हो ।
दोस्रो भएको कोल्मा बराहचौर माविले तीन स्वर्ण, दुई रजत र दुई कांस्य पदक जितेको हो भने भूपू सैनिक आवासीय माविले दुई रजत र दुई कांस्य पदक जित्दै तेस्रो बनेको हो । सान्त्वना स्थान हात पारेको मातृभूमि माविले एक स्वर्ण, चार रजत र एक कांस्य पदक जितेको हो ।
२४ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा ६९१ खेलाडी सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम र दोस्रो तथा समूहगतमा एक टोलीले पुस ८ गतेबाट सुरु हुने १२औँ जिल्ला स्तरीय रनिङ शिल्ड खेलकुदमा सहभागिता जनाउने छन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


