स्थानीय मदिरालाई ब्राण्डिङ गर्दै वालिङ

वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । मङ्गलबार बसेको जनप्रतिनिधि,कर्मचारीहरुको र विज्ञ विच छलफल भएको हो ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नागरिकलाई स्वरोजगारको कार्यक्रमसँग जोड्न नगरपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।
उहाँले यसबाट नगरको आर्थिक समृद्धिमा सघाउ पुग्ने विश्वास लिँदै नगरको पहिचान स्थापना समत हुने उल्लेख गर्नुभयो । घरेलु मदिरालाई ब्राण्डिङ र लेबलिङ गर्ने कार्यले नगरमा करको दायरा वृद्धि हुने र ग्रामिण तहका नागरिकलाई आत्मनिर्भर बन्ने वातावरण हुने स्पष्ट पार्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा नगरउपप्रमुख कविता तिवारी गैह्रेले राज्यले अवैध मानेको घरेलु मदिरालाई ब्राण्डिङ गर्दा प्रति परिवार प्रति महिना १५ हजारदेखि १८ हजारसम्म आम्दानी बढ्ने बताउनुभयो । यसबाट १५ सय घरधुरी लाभान्वित हुने उल्लेख गर्दै सीपको विकास नगरको करको दायरा समेत फराकिलो बन्ने जानकारी दिनुभयो ।
स्थानीय तवरले उपलब्ध आँप,लिची, चिउरी,बेलौती जस्ता फलफूलहरुको उपयोग गरी मदिरा उत्पादन हुँदै आएकामा तिनलाई खेर जान नदिन मदिरा उत्पादन गरिने नगरपालिकाले जनाएको छ ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…