स्थानीय मदिरालाई ब्राण्डिङ गर्दै वालिङ
वालिङ :
स्याङ्जाको वालिङ नगरपालिकाले स्थानीय मदिरालाई ब्राण्डिङ गर्ने भएको छ । मङ्गलबार बसेको जनप्रतिनिधि,कर्मचारीहरुको र विज्ञ विच छलफल भएको हो ।
स्थानीय उत्पादनलाई प्राथमिकता दिँदै नागरिकलाई स्वरोजगारको कार्यक्रमसँग जोड्न नगरपालिकाले घरेलु मदिरालाई ब्राण्डिङ गर्ने नगरप्रमुख कृष्ण खाँणले बताउनुभयो ।
उहाँले यसबाट नगरको आर्थिक समृद्धिमा सघाउ पुग्ने विश्वास लिँदै नगरको पहिचान स्थापना समत हुने उल्लेख गर्नुभयो । घरेलु मदिरालाई ब्राण्डिङ र लेबलिङ गर्ने कार्यले नगरमा करको दायरा वृद्धि हुने र ग्रामिण तहका नागरिकलाई आत्मनिर्भर बन्ने वातावरण हुने स्पष्ट पार्नुभयो ।
अन्तरक्रिया कार्यक्रममा नगरउपप्रमुख कविता तिवारी गैह्रेले राज्यले अवैध मानेको घरेलु मदिरालाई ब्राण्डिङ गर्दा प्रति परिवार प्रति महिना १५ हजारदेखि १८ हजारसम्म आम्दानी बढ्ने बताउनुभयो । यसबाट १५ सय घरधुरी लाभान्वित हुने उल्लेख गर्दै सीपको विकास नगरको करको दायरा समेत फराकिलो बन्ने जानकारी दिनुभयो ।
स्थानीय तवरले उपलब्ध आँप,लिची, चिउरी,बेलौती जस्ता फलफूलहरुको उपयोग गरी मदिरा उत्पादन हुँदै आएकामा तिनलाई खेर जान नदिन मदिरा उत्पादन गरिने नगरपालिकाले जनाएको छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


