कालीगण्डकीमा छोडियो दुई लाख ५० हजार माछाका भुरा ।

कालीगण्डकी ए जलविद्युत परियोजनाको ड्याम आँधीमुहानमा माछाको भुरा छोड्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा लगायत ।

राधाकृष्ण डुम्रे/वालिङ:
कालीगण्डकी नदी तथा आसपासका खोलाहरुमा प्राकृतिक रुपमा रहदै आएका माछाहरुको सन्तुलन कायम राख्न माछाका भुराहरु छोडिएको छ । कालीगण्डकी ए जलविद्युत परियोजनाको ड्यामको मुख्य क्षेत्र आँधीमुहानमा दुई लाख ५० हजार माछाको भुरा छोडिएको हो ।
नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी ए परियोजना सञ्चालनसँगै मत्स्य ह्याचरी निमार्ण गरी माछाका भुुराहरु उत्पादन गर्ने र कालीगण्डीका बिभिन्न स्थानमा छोड्ने गर्दै आएको छ ।
नदिमा शहर, कत्ले, गर्दी, ठडे, हाडे आदि प्रकारका माछाको भुुराहरु छोडिएको जलबिद्युत केन्द्रका प्रमुख बाबुराजा मर्हजनले जानकारी दिनुभयो । उहाँका अनुशार बिगतका बर्षहरुमा २५ देखि ३० लाख माछाका भुुरा उत्पादन गरी कालीगण्डकी तथा अन्य खोला नदिहरुमा पठाईने गरिएको थियो । यो पटक भने ३५ लाख भुुरा उत्पादन गर्ने लक्ष्य लिएको छ ।
अव क्रमैसँग कालीगण्डकी नदि र जिल्लाका अन्य खोलाहरुमा माछाका भुरा छोडिने जलबिद्युत केन्द्रका प्रमुख महर्जनको भनाई छ । जिल्लाका विभिन्न पालिकाहरुबाट माछाको भुराको माग भईरहेको बताउदै महर्जनले जिल्ला भरका मुख्य खोलाका लागि भनेर केन्द्रले माछाको भुरा उत्पादन गरिरहेको जानकारी दिनुभयो ।
स्याङ्जामा माछामार्ने कार्यवाट आफ्नो जीविका चलाउदै आएका बोटे,माझी लगायतका समूदायलाई माछाका भुरा छोड्नाले प्रत्यक्ष फाईदा पुग्ने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादर थापाले बताउनु भयो । उहाँले भन्नुभयो,“जलविद्युतको ड्याम निर्माणका कारण नदी तथा खोलामा माछा हराउदै गएको गुनाशो आउने गरेको छ यसरी भुरा छोडिदा त्यस्त समुदायलाई प्रत्यक्ष फाईदा पुग्नेछ ।”

Facebook Comments Box
TOP