कालीगण्डकीमा छोडियो दुई लाख ५० हजार माछाका भुरा ।
राधाकृष्ण डुम्रे/वालिङ:
कालीगण्डकी नदी तथा आसपासका खोलाहरुमा प्राकृतिक रुपमा रहदै आएका माछाहरुको सन्तुलन कायम राख्न माछाका भुराहरु छोडिएको छ । कालीगण्डकी ए जलविद्युत परियोजनाको ड्यामको मुख्य क्षेत्र आँधीमुहानमा दुई लाख ५० हजार माछाको भुरा छोडिएको हो ।
नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी ए परियोजना सञ्चालनसँगै मत्स्य ह्याचरी निमार्ण गरी माछाका भुुराहरु उत्पादन गर्ने र कालीगण्डीका बिभिन्न स्थानमा छोड्ने गर्दै आएको छ ।
नदिमा शहर, कत्ले, गर्दी, ठडे, हाडे आदि प्रकारका माछाको भुुराहरु छोडिएको जलबिद्युत केन्द्रका प्रमुख बाबुराजा मर्हजनले जानकारी दिनुभयो । उहाँका अनुशार बिगतका बर्षहरुमा २५ देखि ३० लाख माछाका भुुरा उत्पादन गरी कालीगण्डकी तथा अन्य खोला नदिहरुमा पठाईने गरिएको थियो । यो पटक भने ३५ लाख भुुरा उत्पादन गर्ने लक्ष्य लिएको छ ।
अव क्रमैसँग कालीगण्डकी नदि र जिल्लाका अन्य खोलाहरुमा माछाका भुरा छोडिने जलबिद्युत केन्द्रका प्रमुख महर्जनको भनाई छ । जिल्लाका विभिन्न पालिकाहरुबाट माछाको भुराको माग भईरहेको बताउदै महर्जनले जिल्ला भरका मुख्य खोलाका लागि भनेर केन्द्रले माछाको भुरा उत्पादन गरिरहेको जानकारी दिनुभयो ।
स्याङ्जामा माछामार्ने कार्यवाट आफ्नो जीविका चलाउदै आएका बोटे,माझी लगायतका समूदायलाई माछाका भुरा छोड्नाले प्रत्यक्ष फाईदा पुग्ने कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादर थापाले बताउनु भयो । उहाँले भन्नुभयो,“जलविद्युतको ड्याम निर्माणका कारण नदी तथा खोलामा माछा हराउदै गएको गुनाशो आउने गरेको छ यसरी भुरा छोडिदा त्यस्त समुदायलाई प्रत्यक्ष फाईदा पुग्नेछ ।”
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


