ईद–उल फित्र (ईद) को अवसरमा भोलि बिहीवार सार्वजनिक बिदा ।
काठमाण्डौ:
इस्लाम धर्मावलम्बीहरूको पर्व ईद–उल फित्र (ईद) को अवसरमा सरकारले भोलि बिहीवारका लागि सार्वजनिक बिदा दिएको छ ।
२०७९ सालको चैत २ गते राजपत्रमा प्रकाशित सूचनाअनुसार भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । ईदको बिदा राजपत्रमै प्रकाशित भए पनि मिति भने हरेक वर्ष इस्लाम धर्मगुरुहरूले ईद मनाउने मिति तय गरेपछि मात्रै यकिन हुन्छ ।
इस्लाम धर्मावलम्बीहरूले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत आज पूरा गर्दै भोलि ‘ईद उल–फित्र’ मनाउने भएका छन् । केही मुस्लिमले ‘ईद उल–फित्र’ को नमाज मस्जिदमा र केहीले ‘इदगाह’ मा सामूहिक भेला भई दुई रिकात नमाज पढेर सम्पन्न गर्छन् ।
नमाज पूरा गरेपछि एकअर्कालाई अङ्कमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा विभिन्न परिकार पकाएर खाने गर्दछन् । रमजान महिना उर्दू पात्रोअनुसार नवौँ महिना हो । यो पर्वको ७० औँ दिनमा बकर ईद अर्थात् ‘ईद उल–अजहा’ पर्व मनाउने गर्दछन् । यस अवसरमा मुस्लिमहरू ‘हज’ का लागि साउदी अरेबियाको मक्का मदिना जाने पनि गर्दछन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


