चर्चित गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन ।
पोखरा:
चर्चित गजलकार प्रकट पंगेनी ‘शिव’ को निधन भएको छ। स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पोखराको मणिपाल शिक्षण अस्पताल भर्ना भएका पंगेनीको उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको अस्पतालले जनाएको छ।
अस्पतालका अनुसार प्रकटलाई निमोनिया र जण्डिसको समस्या देखिएको थियो। पोखरामा रहेर गजल, गीत, कविता लगायत साहित्यका विविध विधामा कलम चलाएका प्रकट श्रृङ्गारिक गजलबाट चर्चा कमाएका थिए।
उनका करिब ५ दर्जन गीत रेकर्ड भएका छन्। उनका ‘यो मन कतै अल्झेको छ’ र ‘जुनको चिठी जुनाललाई’ गीत संग्रह प्रकाशित छन्। यस्तै, प्रणयवेदका ऋचाहरू गजल संग्रह र अक्षरभरी अक्षता कविता संग्रह पनि प्रकाशित छन्।
३० को दशकबाट साहित्य सिर्जनामा क्रियाशील पंगेनी पछिल्लो समय कास्कीको रुपा गाउँपालिकास्थित गाउँमै फार्म र कटेज बनाउँदै थिए। उनका बुधबार दिउँसो १२ः१० बजे अस्पतालबाट आर्यघाटसम्म शवयात्रा गरी अन्त्येष्टि गरिने परिवारले जनाएका छन्।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


