वालिङ-५ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ।
वालिङ, ७ पौष :
सिंह दरबार घरघरमा भन्ने कुरा भाषणमा मात्र सिमित नभएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभएको छ । वालिङ ५ को जगतभञ्ज्याङ स्वास्थ्य चौकीमा १ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उहाँले सिंह दरबारको आभास गाउँमै गर्न पाइएको बताउनुभएको हो । उहाँले मानिसको स्वास्थ्यलाई लक्षित गरी आयोजना गरीएको कायक्रमले सिंहदरबार गाउँघरमै आएको प्रमाणित गरेको बताउनुभएको हो ।
यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिदै अगाडी बढ्ने हो भने जनताहरु स्वास्थ्यबाट बिमुख हुन नपर्ने प्रमुख खाँणको भनाई छ । सेवा बजारमा मात्र होइन दुर दराजमा रहेका जनताको लागी पनि गर्नुपर्छ भन्ने उदेश्यका साथ आयोजना गरिएको कार्यक्रम निकै प्रशंसनिय रहेको पनि उहाँले बताउनुभएको छ ।
कार्यक्रममा वालिङका निर्वमान नगरप्रमुख दिलीप प्रताप खाँण, उपप्रमुख कविता तिवारी गैह्रे, आस्था हस्पिटलका डाक्टर अमृत केसि, वालिङ ५ का निर्वतमान वडा अध्यक्ष ढाकाराम पंगेनी पुर्व कार्यपालिका सदस्य जमुना केसि लगायतले मन्तव्य राख्नुभएको थियो ।

वालिङ वडा नं ५ आयोजनामा, मिर्दि क्लिनीक र आस्था हस्पिटल प्रा.लीको प्राविधिक सहयोगमा भएको १ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ । शिविरमा ३४७ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । साथै निशुल्क भिडियो एक्सरे, रगत तथा पिसाब चेक जाँच गरि निशुल्क औषधि समेत वितरण गरिएको हो । वडा अध्यक्ष छवि आलेको सभापतित्वमा सम्पन्न कार्यक्रमको वडा सदस्य अनिता नेपालीले स्वागत तथा वडा सचिव डोलजङ गुरुङले सञ्चालन गर्नुभएको थियो ।
शिविरमा मिर्दि क्लिनीकका सन्तोष रेग्मीको नेतृत्वमा आस्था हस्पिटलका मृगौला विशेषज्ञ डाक्टर अमृत केसी, फिजिसीयन डाक्टर रबिन्द्र पौडेल, हाडजोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टर भिम सिग्देल रेडियोलोजिष्ट नवराज पौडेल, स्त्री तथा प्रसुति विशेषज्ञ डा शंकर राउत लगायतको टोलीले सेवा दिनुभएको त्यहाँबाट तिलक गुरुङले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


