गाउँमा पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्दै चापाकोट नगरपालिका

राधाकृष्ण डुम्रे/वालिङ :
स्याङ्जाको चापाकोट नगरपालिकाले गाउँमा नै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गर्ने भएको छ । नगरपालिकाका बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर नागरिकका स्वास्थ्यसम्बन्धी समस्या गाउँमा नै समाधान गर्न लागेको हो ।
सामान्य समस्याको उपचारका लागि टाढा जानुपर्ने बाध्यतालाई कम गर्न गाउँमा नै शिविर सञ्चालन गर्न लागेको चापाकोट नगरपालिकाका नगरप्रमुख देवबहादुर खाँण (ईश्वर) ले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“नागरिकलाई सहज होस् भनेर स्वास्थयकर्मीसहितको टोली गाउँमा नै पुग्दैछ ।” शिविरका कारण नागरिकलाई गाउँमा नै उपचार गर्ने अवसर प्राप्त हुने प्रमुख खाँणको भनाइ छ ।
गतवर्ष पालिकाले गरेको स्वास्थ्य शिविरमा नागरिकको उत्साहजनक सहभागिता रहेको भन्दै प्रमुख खाँणले नागरिकको माग र आवश्यकताका आधारमा यस वर्ष पनि शिविरलाई निरन्तरता दिन लागेको बताउनुभयो ।
शिविरमा निःशुल्क स्वास्थ्य जाँच, भिडियो एक्स–रे, ई.सी.जी, आँखा परीक्षण, दन्त परीक्षण, परिवार नियोजनका लागि सहजीकरण र रगत,दिसा पिसाब परीक्षण हुने प्रमुख प्रशासकीय अधिकृत ध्रुव खनालले बताउनुभयो । शिविरमा पाठेघरको मुखको क्यान्सरको परीक्षण हुने भन्दै प्रमुख प्रशासकीय अधिकृत खनालले सवै महिलाहरु सक्रियताका साथ सहभागी हुन आग्रह गर्नुभयो । खनालका अनुशार शिविरमा आयुर्वेदिक पद्धतिबाट समेत उपचार हुने र औषधि प्रदान गरिनेछ । शिविर प्रत्येक वडाको स्वास्थ्य चौकीमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…