चापाकोटमा महिला स्वास्थ्य स्वयंसेविका सम्मानित

गोपीकृष्ण रेग्मी/चापाकोट :

स्याङ्जाको चापाकोट नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय स्वयंसेविका दिवसको अवसर पारी ६० वर्ष उमेर पुरा गरेका १४ जना महिला स्वास्थ्य स्वयंसेविकलाई स–सम्मान विदाइ गरेको हो । नगरपालिकाले दोसल्ला, सम्मान पत्र र नगद रु २५ हजार सहित सम्मानजनक बिदाई गरिएको पालिकाले जनाएको छ ।
कर्यक्रममा नगर प्रमुख देव बहादुर खाँण (ईस्वर) ले स्वयंसेविकाहरुले परिवार नियोजन बारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, श्वासप्रश्वास सम्बन्धी रोगको प्राथमिक उपचार, खोप कार्यक्रम सञ्चालन, स्वास्थ्य शिक्षा प्रदान जस्ता काम गर्दै समाजमा पुर्याएको योगदान अतुलनीय रहेको बताउनु भयो ।


स्वास्थ्य स्वयंसेविकाहरुले विशेषतः मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य, प्रजनन् स्वास्थ्य, परिवार योजना, आदि विषयमा समुदायमा जनचेतना अभिबृद्धि र सेवा प्रवाह, स्वास्थ्य आमा समूहमा छलफलमार्फत जनस्वास्थ्य सम्बन्धी सुचना तथा सेवाहरुको पहुँचमा बृद्धि गराई मातृ, शिशु तथा बालबालिकामा रोग लाग्ने दर र तिनको मृत्युमा कमी ल्याउन पुर्याएको योगदानलाइ कदर गर्दै नगरपालिकाले बिदाइ स्वरुप नगद २५ हजार रुपैया सहित दोसल्लाले सम्मान गरेको प्रमुख प्रशासकीय अधिकृत धुर्व खनालले बताउनुभयो ।
आफुहरुलाइ नगरपालिकाले सम्मान गरेकोमा स्वास्थ्य स्वयमसेविका टंक कुमारी खाँणले खुशी व्यक्त गर्नु भयो । स्वास्थ्य शाखा प्रमुख नवराज पौडेलले नगरपालिकाले स्वास्थ्य सेवामा स्वयंसेविकाको भुमिकामा रहि महत्वपूर्ण जिम्मेवारी बाट अवकाश भए पनि सामाजिक सेवामा योगदान गर्न आग्रह गर्नु भएको थियो ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP