अवसर पाएका र चुनाव हारेकालाई उम्मेदवार नबनाउन कांग्रेस नेतृत्वलाई दबाब ।
काठमाण्डौ:
पटक–पटक अवसर पाएका र चुनाव हारेकालाई राष्ट्रिय सभा सदस्यको उम्मेदवार नबनाउन कांग्रेसका केन्द्रीय सदस्यहरुले नेतृत्वलाई दबाब दिएका छन् ।
आगामी माघ ११ गते हुने निर्वाचनका लागि २०४८ सालदेखि पटक–पटक अवसर पाएकाहरुसमेत उम्मेदवार बन्न आकांक्षी देखिएपछि कांग्रेसको बिहीबारदेखि सुरु केन्द्रीय कार्यसमिति बैठकमा अवसर नपाएका अनुभवी र विज्ञलाई उम्मेदवार बनाउन केन्द्रीय सदस्यहरुले पार्टी सभापतिलाई दबाब दिएका हुन् ।
कांग्रेसले पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको कार्यसम्पादनमाथि समीक्षा गर्ने मुख्य एजेन्डा राखेर बैठक बोलाएको थियो । केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार मन्त्रिपरिषद्को बैठकका कारण पहिलो दिनमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतबाहेक मन्त्रीहरुले आफ्नो कार्यसम्पादनसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्न नपाएको बताए ।
बैठकको पहिलो दिनमा करिब दुई दर्जन केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । उनीहरुले राष्ट्रियसभा सदस्य निर्वाचनमा पटक–पटक पराजितलाई उम्मेदवार बनाउन नहुनेमा जोड दिए । भ्रष्टाचारका हरेक कान्डमा कांग्रेस संरक्षक भएको जस्तो सन्देश जान थालेको भन्दै त्यसको प्रतिवाद नेतृत्वबाटै हुनुपर्नेमा जोड दिएका थिए । पार्टी सरकारमा भएको अनुभूति समेत गर्न नपाएको अधिकांश सदस्यको गुनासो थियो ।
बैठकले आगामी पुस १६ गते मेलमिलाप दिवसका सन्दर्भ पारेर एक महिनाको वडास्तरमा पार्टीको अभियान चलाउने निर्णय लिएको छ । पुस १६ देखि माघ १२ गतेसम्म चल्ने अभियानमा पार्टीका केन्द्रीय सदस्यहरु आफू जन्मेको वडामा पुगेरै अभियानमा संलग्न हुने निर्णय गरिएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


