बिरुवा गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, उपाधी भुरुङ चौकीलाई
वालिङ :
स्याङ्जाको बिरुवा गाउँपालिका मेथा भुरुङमा सञ्चालित गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । वडा नम्वर ८ मेथाभुरुङस्थित पुष्प मदन खेलमैदानमा गाउँपालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता १३ गते बुधबारदेखि सुरु भएको थियो । प्रतियोगितामा सर्वाधिक ८४ अङ्क ल्याई भुरुङ चौकी माध्यमिक विद्यालयले उपाधी जितेको छ । यसैगरी नवज्याति माध्यमिक विद्यालय ५३ अङ्कसहित दोस्रो स्थान हासिल गर्दा अरनिको माध्यमिक विद्यालयले २९ अङ्क ल्याई तेस्रो स्थान प्राप्त गरेको छ । यस्तै जीवनज्याति माध्यमिक विद्यालयले भने २३ अङ्क ल्याई सान्त्वना भएको छ ।
पाँचौं संस्करणको प्रतियोगिता समापन समारोहमा पुरस्कार वितरण गर्दै गण्डकी प्रदेशका स्थानीय विकास तथा स्वास्थ्य मन्त्री शुशिला सिङ्खडाले राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताले जिल्ला र प्रदेश जोड्ने काम गर्ने बताउनु भयो । युवाहरुलाई अनुशासित र सत्मार्गमा डो¥याउन खेलकुदको ठूलो भूमिका रहने भन्दै मन्त्री सिङ्खडाले खेलले संस्कारीसमेत बनाउने उल्लेख गर्नुभयो । यसकासाथै खेलको माध्यमबाट व्यक्तित्व विकाससँगै राष्ट्र र राष्ट्रियताका लागिसमेत महत्वपूर्ण भूमिका रहेको उहाँको भनाई छ । विद्यालय स्तरबाट बालबालिकाहरुलाई खेलकुदमा सहभागी गराउँदै जानुपर्छ, यसका लागि राष्ट्रपति रनिङ शील्ड प्रतियोगिताले उनीहरुलाई अवसर प्रदान गर्ने विश्वास गण्डकी प्रदेश मन्त्री सिङ्खडाले व्यक्त गर्नुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालयले क्रमशः ३० हजार, २० हजार, १५ हजार, १० हजार नगदसहित शील्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।
गाउँ स्तरीय खेलकुद विकास समितिद्वारा आयोजित पाँचौं संस्कारणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको संयोजन तथा व्यवस्थापन भुरुङ चौकी माध्यमिक विद्यालयले गरेको हो । प्रतियोगितामा पालिकाका १० वटा विद्यालयको सहभागिता रहेको थियो । १८ वर्ष मुनिका विद्यार्थीहरुलाई प्रतियोगिता सहभागी गराइएको हो । भलिबल, १६ सय, आठ सय, तथा ४ सय मीटर दौड, कपर्दीलगायत १३ वटा विधामा प्रतियोगिता गराइएको थियो । गाउँपालिका स्तरीय प्रतियोगिताबाट छनौट भएका विद्यार्थीहरु जिल्ला स्तरीय छनौट प्रतियोगितामा र जिल्लाबाट छनौंट भएकाहरु प्रदेश स्तरीय प्रतियोगितामा जान सक्नेछन् । यसैगरी प्रदेश स्तरीय प्रतिस्पर्धाबाट छनौट भएकाहरु राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुन सक्नेछन् ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


