आँधीखोला गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड खेलकुद सुरु
स्याङ्जा :
पूर्व गृहमन्त्री तथा गण्डकी प्रदेशका पूर्व मूख्यमन्त्री खगराज अधिकारीले संघीयता अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
आँधीखोला गाउँपालिकाले आयोजना गरेको चौथो राष्ट्रपति रनिड्ढ शिल्ड खेलकुदको उद्घाटन गर्दै आइतबार अधिकारीले सो कुरा बताउनुभएको हो । बिकासको गति सुस्त अर्थात ९ प्रतिशत मात्र काम भएको बताउँदै अधिकारीले बिकासको गति र पुँजिगत बजेट बढाउनु पर्ने बताउनुभयो ।
नेकपा (एमाले) स्थाई कमिटी सदस्य समेत रहनुभएका नेता अधिकारीले मध्यपहाडी लोकमार्गको एमाले अभियानले संघीयता र गणतन्त्रमा अझै उत्साह देखिएको बताउनुभयो ।
शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिएको बताउँदै नेता अधिकारीले दरबन्दी मिलान र मर्जरमा जटिलता रहेको बताउनुभयो । अभिभावकले बिद्यार्थीलाई क्षमता हेरेर अगाडि बढ्न दिनुपर्ने नेता अधिकारीको भनाइ छ ।

खेलकुदले सम्बन्ध स्थापित, रोजगारी सिर्जना गर्ने बताउँदै नेता अधिकारीले भारत र पाकिस्तानको बोलचाल बन्द हुँदा पनि क्रिकेट, फुटबलजस्ता खेलले सम्बन्धलाई सुधार गरेको बताउनुभयो । उहाँले एक अस्पतालभन्दा सय रंगशाला बनाउनुपर्ने बताउँदै खेलकुदले मानिसलाई स्वास्थ्य समेत बनाउने बताउनुभयो ।
गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति सुधिरकुमार पौडेलले हावादारी रुपमा बिभिन्न प्रलोभन देखाएर बनाएको आन्दोलनको औचित्य नरहेको बताउनुभयो । स्थानीय रुपमा स्थापित दलले मात्र गाउँ तथा टोलको बिकास गर्न सक्ने पौडेलको भनाइ छ । कार्यक्रममा पालिका अध्यक्ष बिश्व पौडेल, उपाध्यक्ष सिता थापालगायतले मन्तब्य राख्नु भएको थियो ।

समाचार
थप सामाग्री
पूर्वाधार अभावले सुनसान बन्दै पञ्चासे भञ्ज्याङ
२ महिना अगाडि
स्याङ्जा : स्याङ्जा र कास्की जिल्लाको सिमानामा अवस्थित प्रसिद्ध पर्यटकीय क्षेत्र पञ्चासे भञ्ज्याङ पछिल्लो समय सुनसान बन्दै गएको छ ।…


