आँधीखोला गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड सम्पन्न ।
स्याङ्जा :
आँधीखोला गाउँपालिकाले गरेको चौँथो राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा श्रवण माबि पहिलो बनेको छ । १० स्वर्ण, १० रजक र १० कांस्य पदकमा भएको प्रतिस्पर्धामा श्रवण माबि बाङ्सिङ्गले तीन स्वर्ण र दुई कांस्य प्राप्त गर्दै रनिङ शिल्ड जितेको हो ।
पहिलो भएको श्रवणले लगातार तीन पटक रनिङ शिल्ड जितेको त्रि शहिदलाई पछाडी पादै उपाधिसहित ४० हजाररुपियाँ जितेको हो । यस्तै उपविजेतमा चित्त बुझाएको त्रि शहिल नमुना माबि पञ्चमुलले दुई स्वर्ण, चार रजत र एक कांस्य पदक जितेको हो । तेस्रो जनप्रदिप माबि चिलाउनेबासले दुई स्वर्ण, तीन रजत र एक कास्य जितेको हो ।
१२ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स खेल गरिएको पालिका अध्यक्ष विश्व पौडेलले बताउनुभयो । खेलकुदमा एकल प्रतिस्पर्धामा प्रथम र द्वितिय तथा समुहगतमा एक टिमले यहि पुस ८ गतेबाट शुरु हुने जिल्ला स्तरिय १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छ ।
समाचार
थप सामाग्री-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
-
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
४ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ…


