आँधीखोला गाउँपालिकामा चौँथो राष्ट्रपति रनिङ शिल्ड सम्पन्न ।
स्याङ्जा :
आँधीखोला गाउँपालिकाले गरेको चौँथो राष्ट्रपति रनिङ शिल्ड खेलकुदमा श्रवण माबि पहिलो बनेको छ । १० स्वर्ण, १० रजक र १० कांस्य पदकमा भएको प्रतिस्पर्धामा श्रवण माबि बाङ्सिङ्गले तीन स्वर्ण र दुई कांस्य प्राप्त गर्दै रनिङ शिल्ड जितेको हो ।
पहिलो भएको श्रवणले लगातार तीन पटक रनिङ शिल्ड जितेको त्रि शहिदलाई पछाडी पादै उपाधिसहित ४० हजाररुपियाँ जितेको हो । यस्तै उपविजेतमा चित्त बुझाएको त्रि शहिल नमुना माबि पञ्चमुलले दुई स्वर्ण, चार रजत र एक कांस्य पदक जितेको हो । तेस्रो जनप्रदिप माबि चिलाउनेबासले दुई स्वर्ण, तीन रजत र एक कास्य जितेको हो ।
१२ विद्यालयको सहभागिता रहेको प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स खेल गरिएको पालिका अध्यक्ष विश्व पौडेलले बताउनुभयो । खेलकुदमा एकल प्रतिस्पर्धामा प्रथम र द्वितिय तथा समुहगतमा एक टिमले यहि पुस ८ गतेबाट शुरु हुने जिल्ला स्तरिय १२औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउने छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


