वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

स्याङ्जा :

स्याङ्जाको वालिङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ ।  सोमबार बसेको नगर शिक्षा समितिको बैठकले प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।
प्रतियोगितामा वालिङ भित्र रहेका सामुदायिक र संस्थागत विद्यालयहरुका १८ वर्ष उमेरका विद्यार्थीहरुले भाग लिन पाउनेछन् । विद्यालय तहका विद्यार्थीहरुमा खेलकुदको अभिरुची वृद्धि गर्दै खेलका माध्यमबाट भ्रातृत्वको विकास गर्ने उद्धेश्यका साथ प्रतियोगितको आयोजना भएको नगरपालिकाले जनाएको छ । प्रतियोगितामा भलिबल, मार्शल आर्टस्, एथ्लेटिक्स,कबड्डी र फुटबल लगायतका खेलहरु समावेश गरिने नगरपालिकाले जनाएको छ ।

पौष ४ गतेबाट सुरु हुने प्रतियोगिता वालिङ १० मा रहेको औद्योगिक ग्राममा सञ्चालन हुनेछ । बैठकले खेलकुद प्रतियोगितालाई व्यवस्थापनगर्न विधागत तर्फ जिम्मेवारी तोकेको छ । भलिबलतर्फ चित्रजंग गुरुङ,मार्शल आर्टस्तर्फ मनोज बुढाथोकी,एथ्लेटिक्सतर्फ दिपेन्द्र खाँण,कबड्डीतर्फ चतुर्भुज गैह«े र फुटबलतर्फ लाल बहादुर ज्वारचनलाई जिम्मेवारी तोकेको छ ।

Facebook Comments Box
TOP