उत्पादनमा आधारित अनुदान गण्डकी प्रदेशको प्राथमिकतामा : मुख्य मन्त्री पाण्डे ।
राधाकृष्ण डुम्रे/वालिङ :
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उत्पादनमा आधारित अनुदानका कार्यक्रमलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । उहाँले भन्नुभयो,“उत्पादनमा आधारित अनुदानले युवालाई स्वरोजगार बनाउने र देशको आर्थिक बृद्धिमा सहयोग हुनेछ ।” समूह वा सहकारीको माध्यमबाट गरिने उत्पादनका कार्यक्रमलाई प्रदेश सरकारले पूर्ण रुपमा सहयोग गर्ने स्पष्ट पार्नु भयो ।
मङ्गलबार स्याङ्जाको वालिङमा स्वास्थ्य संस्थाहरुको भवन उद्घाटन गर्नुहुँदै मुख्य मन्त्री पाण्डेले श्रोतको अभावका बीच नागरिकको आवश्यक्ता पहिचान गरेर आफूहरुले काम गरिरहेको बताउनु भयो ।
प्रदेशले नागरिकहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकता दिएको भन्दै मुख्यमन्त्री पाण्डेले दूरदराजमा रहेका नागरिकले स्वास्थ्य सेवाबाट बञ्चित हुन नपरोस भनेर स्वास्थ्य सेवा विस्तारमा जुटेको बताउनु भयो ।
आवश्यकताको आधारमा विषेशज्ञ सहितको अस्पताललाई प्रदेशले महत्व दिन्छ, मुख्यमन्त्री पाण्डेले भन्नुभयो, “नागरिकको सहज पहुँचमा स्वास्थ्य पु¥याउने हाम्रो पहिलो प्राथमिकता हो । उपचारको अभावमा कोही पनि नागरिकको अकालमा मृत्यु नहोस भन्ने हेतुका साथ प्रदेशले विभिन्न जिल्लाहरुमा नागरिकलाई पायक पर्ने स्थानहरुमा स्वास्थ्य संस्थाहरु स्थापना गरी सोही अनुसारको जनशक्ति र उपकरणको व्यवस्था गर्न शुरु गरेको छ ।”
गण्डकी प्रदेश हरेक क्षेत्रमा फड्को मार्दै अगाडि बढेको भन्दै नागरिकको हित हुने कार्यमा सबैले सहकार्य र हातेमालो गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड छ । नागरिकका आधारभूत आवश्यकताहरु शिक्षा, स्वास्थ्य, खानेपानीलगायतको सुविधा नागरिक समक्ष पुर्याउन सरकार हरसम्ंभव लागिपरेको स्पष्ट पार्नुभयो ।
यो वर्षदेखि १० वर्ष मुनिका बालबालिकाहरुका लागि स्वास्थ्य परीक्षण निःशुल्क गराउने पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले यसका साथै दीर्घ रोगी र ज्येष्ठ नागरिकहरुका लागि निमोनियाको निःशुल्क व्यवस्था गरेको बताउनुभयो ।
वडा नं. १२ को सिर्सेकोट दहपोखरीमा भौतिक रुपमा वडा नवनिर्मित वडा कार्यालय भवनकोसाथमा स्वास्थ्य चौकीको उद्घाटन गरिएको हो । वालिङका अन्य १२ वटा स्वास्थ्य संस्थाको मुख्यमन्त्री पाण्डेले भर्चुवल रुपमा उद्घाटन गर्नुभएको हो । वालिङको १२ सहित, १, २, ३, ५, १०, ११, १२, १३ र १४ मा गरी १२ वटा स्वास्थ्य चौकीको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा,उर्जा,जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारी,प्रदेश सभा आर्थिक समितिका सभापति भोजराज अर्याल,नगरप्रमुख कृष्ण खाँण,उपप्रमुख कविता तिवारी गैह्रे लगायतले स्वास्थ्य शिक्षा जस्ता क्षेत्रमा तीनवटै तहले सहकार्य र समन्वय गरेर काम गर्नु पर्ने बताउनु भयो ।
यसैबीच
वालिङमा जिल्ला मै पहिलो पटक विद्युतीय स्वास्थ्य व्यवस्थापन सूचना प्रणाली (ईएचएमआईएस) प्रणालीको शुरु भएको छ ।
नगरपालिकाका १८ वटा स्वास्थ्य संस्थामा यो सेवा शुरु भएको हो । नगरपालिकाले विरामीलाई सहज सेवा उपल्वध गराउन अनलाईन प्रणालीको शुरुवात गरेको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“नगरवासीलाई आधारभूत स्वास्थ्य सेवा घरपायकमा नै उपलव्ध गराउने हाम्रो योजना हो,यही योजना अनुशार हामीले तयारी पुरा गरेका छौं ।” पलिकाले वडा तहमा नै सरल र सहज स्वास्थ्य सेवा प्रवाह गर्न शुरु गरेको उहाँको भनाई छ ।
अनलाईन प्रणालीको कारण स्वास्थ्य संस्थामा विरामी आई सकेपछि एक पटक सवै विवरण दर्ता गरिने विरामीलाई एक कोड दिईने नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख कमल प्रसाद पाण्डेले बताउनु भयो । उहाँका अनुशार अरु पटक उपचारका लागि आउदा वा नगरपालिकाका अन्य स्वास्थ्य संस्थामा उपचारका लागि पुग्दा कार्ड बोक्नु पर्नेछैन ।
वालिङ नगरपालिकाले गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयको साझेदारीमा अनलाईन प्रणाली सञ्चालनमा ल्याएको स्वास्थ्य शाखा प्रमुख पाण्डेको भनाई छ ।
यो प्रणाली जिल्लामा पहिलो पटक शुरु भएको हो । ११ पालिका रहेको स्याङ्जाका अन्य पालिकाहरुले पनि यो प्रणाली सञ्चालनमा ल्याउने तयारी गरिरहेकाछन् ।
समाचार
थप सामाग्रीभीरकोटमा सामुदायिक भवन बन्दै
२ हप्ता अगाडि
स्याङ्जा : भीरकोट नगरपालिका –१ मा बहुउदेश्यीय सामुदायिक भवन बन्ने भएको छ । क्षेत्री समाज नेपाल, भीरकोट नगर कार्यसमितिले बयरघारीमा …