वालिङमा अटो रिक्सा दुर्घटना : १६ महिने शिशुको मृत्यु ।

स्याङजा २,मङ्सिर ।
स्याङ्जाको वालिङमा अटो रिक्सा दुर्घटना हुँदा १६ महिने शिशुको मृत्यु भएको छ । वालिङबाट खहरेका लागि छुटेको लु १ ह ३६८६ नम्वरको अटो रिक्सा शनिवार साँझ दुुर्घटनामा परेको हो । अटो अनियन्त्रित भई सडकमा नै दुर्घटनामा परेको प्रहरीको भनाई छ ।
दुर्घटनामा परि घाईते भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१० कान्छीबजारका ओम बहादुर लम्साल क्षेत्रीको १६ महिना की छोरी कायरा क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरिक्षक पावल सिंह लामाले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भिर घाईते भएकी कायराको उपचारका क्रममा गह्रौं प्राथमिक अस्पताल वालिङमा ज्यान गएको सूचना अधिकारी लामाले बताउनु भयो ।
अटोमा चार जना सवार रहेको भए पनि अन्य सवै यात्रु सकशुल रहेको प्रहरीको भनाई छ । अटो र अटो चालक प्रहरीको नियन्यत्रणमा रहेको तथा कागजपत्र साथमा नभएको प्रहरीले जनाएको छ ।
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…