वालिङमा अटो रिक्सा दुर्घटना : १६ महिने शिशुको मृत्यु ।

accident

स्याङजा २,मङ्सिर ।
स्याङ्जाको वालिङमा अटो रिक्सा दुर्घटना हुँदा १६ महिने शिशुको मृत्यु भएको छ । वालिङबाट खहरेका लागि छुटेको लु १ ह ३६८६ नम्वरको अटो रिक्सा शनिवार साँझ दुुर्घटनामा परेको हो । अटो अनियन्त्रित भई सडकमा नै दुर्घटनामा परेको प्रहरीको भनाई छ ।
दुर्घटनामा परि घाईते भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१० कान्छीबजारका ओम बहादुर लम्साल क्षेत्रीको १६ महिना की छोरी कायरा क्षेत्रीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरिक्षक पावल सिंह लामाले जानकारी दिनुभयो । दुर्घटनामा परी गम्भिर घाईते भएकी कायराको उपचारका क्रममा गह्रौं प्राथमिक अस्पताल वालिङमा ज्यान गएको सूचना अधिकारी लामाले बताउनु भयो ।
अटोमा चार जना सवार रहेको भए पनि अन्य सवै यात्रु सकशुल रहेको प्रहरीको भनाई छ । अटो र अटो चालक प्रहरीको नियन्यत्रणमा रहेको तथा कागजपत्र साथमा नभएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP