स्याङ्जा जिल्ला कै पहिलो रेडियो आँधीखोला १७ औँ वर्षमा प्रवेश ।
वालिङ, ६ मंसिर ।
स्याङ्जा जिल्लामै पहिलो आवाजको रुपमा गुञ्जिएको रेडियो आँधीखोला १०५.४ मेगाहर्ज १७औँ वर्षमा प्रवेश गरेको छ । विंस.२०६३ सालमा स्थापना भई २०६४ साल मंसिर ६ गतेदेखी प्रसारण शुरु गरेको आँधीखोला एफएम १७ औ वर्षमा प्रवेश गरेको हो । आँधीखोला सञ्चार सहकारी संस्थाद्धारा सञ्चालित रेडियो जिल्लाको मध्य भाग वालिङ ८ घ्याङलिङमा अवस्थित छ ।
संस्थाका अध्यक्ष नेत्रप्रसाद पाण्डेले भन्नुभयो, ‘रेडियोलाई १७औँ वर्षसम्म ल्याई पु¥याउन सरोकारवाला सबैको उत्तिकै महत्वपुर्ण भुमिका छ । रेडियोलाई समय अनुसार परिमार्जन गर्दै धेरै वर्षसम्म पु¥याउने हाम्रो लक्ष्य हो ।’ बढ्दो सुचना र प्रविधिको युगमा रेडियोलाई समेत समय सापेक्ष अगाडि बढाउँदै ज्ञान सुचनाहरु संम्प्रेशण गरि आवाज विहिनको आवाज बन्ने अध्यक्ष पाण्डेको भनाई छ । वार्शिकोत्सवका अवसरमा रेडियो प्राङगणमा विषेश पुजापाठ गरिनेछ भने गह्रौँ प्राथमिक अस्पतालमा रहेका विरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम रहेको अध्यक्ष पाण्डेले बताउनुभयो ।
२०६२/०६३ को जनआन्दोलन पछि जिल्लामा पहिलोपटक सञ्चार माध्यमको आवश्यकता महशुस गरी यहाँका राजनितिक दल, बुद्धिजिवि, समाजसेवी मिलेर आँधीखोला रेडियोको स्थापना गरिएको हो । रेडियो अहिले ५०० वाटबाट दैनिक १८ घण्टा प्रसारणमा रहेको छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश गरी दुई प्रदेशका १८ जिल्लामा सुन्न सकिने रेडियो विश्वभरी अनलाईनका माध्यमबाट समेत सुन्न सकिन्छ ।
रेडियोको अनलाईन www.radioaandhikhola.org बाट प्रत्यक्ष सुन्न सकिन्छ भने स्थानीय तथा प्रदेश र राष्ट्रिय समाचारहरु पढ्न समेत सकिन्छ । त्यस्तै हाम्रो पात्रो एपमा समेत रेडियो सुन्न सकिन्छ ।
समाचार
थप सामाग्री-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
-
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–१ बाट २७ वर्षीय सन्देश लम्साल महाधिवेशन प्रतिनिधिको दौडमा
-
कांग्रेस महाधिवेशन: स्याङ्जा–२ बाट महाधिवेशन प्रतिनिधिमा युवा नेता लक्ष्मण भुसालको उम्मेदवारी
-
२६ वर्षमै वडाध्यक्ष बनेका दिप गुरुङ ‘छिरिङ’: महाधिवेशन प्रतिनिधिका युवा उम्मेदवार
कालीगण्डकीमा ३० वर्षयताकै ठुलो बाढी
१ हप्ता अगाडि
स्याङ्जा : चार दिनदेखि परेको अविरल वर्षाका कारण कालीगण्डकी नदीमा आएको बाढीले पक्की पुल बगाएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७…


