भूकम्प पीडितका लागि स्याङ्जा कांग्रेसले साढे १० लाख सहयोग गर्ने

स्याङ्जा :
नेपाली कांग्रेस स्याङ्जाले भूकम्प पीडित परिवारका लागि साढे १० लाख भन्दा बढीको आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
जाजरकोटको रामीडाँढा केन्द्रविन्दु भएर गएको भूकम्प पीडितहरुको पुनस्र्थापना, राहत लगायतका कार्यका लागि आर्थिक सहयोग गर्ने भएको हो ।
आइतवार कार्यालयमा बसेको कार्यसमिति पदाधिकारीको बैठकले जिल्लाभरका क्रियाशिल सदस्यबाट जनही ५० रुपैंया संकलन गर्दा संकलित रकम १० लाख ५६ हजार १५० रुपैंया प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको स्याङ्जा सभापति एवं प्रतिनिधिसभा सदस्य राजु थापाले जानकारी दिनुभयो ।
जिल्लाभरका २१ हजार १२३ जना क्रियाशिल सदस्यबाट जनही ५० रुपैंया संकलन गरेर उपलब्ध गराउने जनाएको छ । यो रकम न्यूनतम हो। यसमा थप हुन सक्ने सहसचिव धु्रवबन्धु पौडेलको भनाई छ ।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…