देउसी भैलोको रकम जेष्ठ नागरिकलाई सहयोग

टिकाराम अधिकारी/गल्याङ :
अधिकांश युवायुवतीले देउसी भैलो खेलको रकम बनभोजमा जाने रमाईलो गर्ने रक्सी मासुमा खर्च गरेका घट्नाहरु छन् । यस्ता खबरहरु बाहिरआएका बेला स्याङ्जाको वालिङ नगरपालिका वाड नं.९ तल्लो वालिङ स्थित युक्यान जापानिज भाषा कन्सल्टेन्सीले भने देउसीभैलो खेलेर संकलन गरेको रकम सामाजिक कार्यमा खर्चेका छन् ।
त्यस संस्थामा आबद्ध ५० जना विद्यार्थीहरुको सहभागीतामा खेलिएको देउसी भैलोबाट उठेको ५० हजार रुपैयाँ साहाराविहीन जेष्ठ नागरिक बसोबास गर्ने गल्याङ नगरपालिका वडा नं.१ राम्दी स्थित शिव पार्वती बृद्वाश्रम तथा बहुउदेश्यीय संस्थामा सहयोग गरेका छन् । उक्त रकम संस्थाका कार्यालय सचिव सुनिल श्रेष्ठलाई हरिबोधनी एकादशीको अवसरमा हस्तान्तरण गरेका छन् ।
रमाइलोको लागि खेलिएको देउसीभैलोबाट संकलन भएको रकम सहारा बिहिन अवस्थामा रहेका बुवाआमालाई सहयोग गर्न पाउदा खुशी लागेको युक्यान जापानिज भाषा कन्सल्टेन्सीका संचालक अतित् गुरुङ्ले बताए । हामीले समाजमा केही रचनात्मक र सिर्जनात्मक कार्य गर्नु पर्ने ठानेर देउसीभैलो खेलेको बताउदै गुरुङ्ले उक्त रकम जेष्ठ नागरिकलाई सहयोग गर्ने उदेश्य राखेको बताए । यस कन्सल्टेन्सीमा अध्ययन गर्ने विद्यार्थीहरुको सहयोगमा देउसीभैलो खेलेर रकम संकलन गरेको उनको भनाई छ । संकलन भएको रकम राम्दीमा रहेका जेष्ठ नागरिकका लागि सहयोग गर्ने लक्ष्य अनुरुप सहयोग गरेको उनले बताए ।
हामी युवा पुस्ताले नयाँ सोच बिचारका साथ अगाडि बढ्न आवश्यक भएको बताउदै सामाजिक व्यक्तित्व गोपाल अर्यालले आफूलाई जन्म दिने आमाबुवालाई हेलागर्न नहुने बताए । अनुभवले खारिएका हाम्रा अभिभावकको रुपमा रहेका जेष्ठ नागरिकको लालनपालनमा जिम्मेवार बन्नुपर्ने बताए । हामीले गरेको सानो सहयोगले आमा बुवाको जीवनमा केही हद सम्म भए पनि सहयोग पुग्ने ठानेर नगद रकम सहयोग गरेको बताए । युवापुस्तालाई सिकाउनका लागि पनि यो सहयोगले मद्त पुग्नले अर्यालको भनाई छ ।
शिब पार्वती वृद्वाश्रम तथा बहुउदेश्यीय संस्थाका कार्यालय सचिव श्रेष्ठले संस्था सञ्चालन देखि लिएर जेष्ठ नागरिकको खानपान तथा स्याहार सुसारमा समस्या परेका बेला सहयोगी मनहरुले सहयोग गरेको प्रति विशेष धन्यवाद दिए ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
४ हप्ता अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…