सबैले आफ्नो कर्तव्य सम्झेर कर्म गर्नु पर्छ : नगर प्रमुख भट्टराई
गल्याङ :
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरु प्रसाद भट्टराईले सबैले आफ्नो कर्तव्यलाई आत्मसात गरेर कर्म गर्न सके मात्रै आफ्नो जिम्मेबारी पुरा हुने बताउनु भएको छ ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.४ कुरुङ्चेमा आयोजित स्वर्गीय टोपला न्यौपानेको ३४ औं पुण्य तिथीका अबसरमा आयोजित वडास्तरीय एकल महिला तथा एकल पुरुष सम्मान र भोजन गराउने कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख भट्टराईले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नु भयो,“आफूलाई जन्म दिने बुवा आमा भगवान हुन्, उहाँहरुको लालनपालन र संरक्षण गर्ने जिम्मेबारी छोराछोरीले पुरा गर्नुपर्दछ ।”
यस्तो परिवेशमा सहि र सकरात्मक सन्देश दिने उदेश्यले स्वर्गीय टोपला न्यौपानेका नाती ढाकाराम न्यौपाने र पल्लाघरे परिवारले अनुकरणीय कार्य गरेको प्रति नगरप्रमुख भट्टराईले धन्यवाद दिनुभयो ।
नगर प्रमुख भट्टराईले भन्नु भयो,“हामी मानव जाति मानवीय सेवा र मानव हितमा लाग्नु पर्ने छ ।”
अर्को एक प्रशङ्गमा गल्याङ नगर प्रमुख भट्टराईले गल्याङ निवुवाखर्क सेतीबेणी सडक कालोपत्रे गर्ने र वडा भित्रको सडक सञ्जाल विस्तार गर्ने खानेपानी तथा सिंचाई शिक्षा स्वास्थ्यका क्षेत्रमा प्रभावकारी रुपमा विकास निर्माण कार्यलाई अगाडि बढाएको जानकारी गराउनु भयो । उहाँले भन्नुभयो,“विकास गाउँ गाउँमा बसोबास सहरमा गर्ने गर्दा गाउँमा बुढाबुढी मात्रै बस्ने अवस्था आईरहेको छ ।”
कार्यक्रममा नेपाली काँग्रेस गल्याङ नगर कार्य समितिका सभापति श्याम प्रसाद बस्यालले आफ्नो पितृको कार्यमा गरिएका असल कर्मले हामीलाई सबै सफलताको बाटोमा अगाडि वढ्न टेवा मिल्ने कुरा बताउनुभयो ।
उहाँले भन्नु भयो गल्याङ नगरपालिका विकास निर्माणको योजना सहित गाउँ बस्तीमा छिरेको बताउदै सबै मिलेर नगरेको विकासमा एक हुन आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा गल्याङ नगरपालिका उपप्रमुख हेमा न्यौपानेले समाजमा रहेका जेष्ठ नागरिक र एकल महिला एकलै नभएको अनुभूती दिलाउने काम गर्नु भएकोमा न्यौपाने परिवारलाई धन्यवाद दिनुभयो ।
स्वर्गीय टोपला न्यौपानेका नाती ढाकाराम न्यौपानेले दान गर्नु पुण्य कमाउनु हो त्यसैले धन कमाएर मात्रै हुदैनन् दान पनि गर्न जान्नु पर्ने मान्यताले आफूले यस्तो कार्य गरेको कुरा बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नं.४ भित्रका ९० एकल महिला र २५ जना एकल पुरुष गरि ११५ जनालाई दोसल्ला जुत्ता प्रदान गरेर तथा भोजन गराएर सम्मान गरिएको थियो ।
स्वर्गीय टोपला न्यौपानेका जेष्ठ सुपुत्र मुक्ति प्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य मणि प्रसाद न्यौपानेले र कार्यक्रमको सञ्चालन गल्याङ नगरपालिका वडा नं.४ का वडाअध्यक्ष ढाकाराम न्यौपानेले गर्नु भएको थियो ।
समाचार
थप सामाग्रीझ्याप्ले खोला पहिरो : स्याङ्जाका एकैघरका तिनको मृत्यु
२ हप्ता अगाडि
स्याङ्जा: अविरल वर्षाका कारण पृथ्वीराजमार्गको नागढुङ्गा नौबिसे सडकखण्डको झ्याप्लेखोलामा आएको पहिरोमा परी स्याङ्जा गल्याङ नगरपालिका वडा न ३ लल्याङका एकै…