गल्याङ नगरपालिकाद्वारा भुकम्प प्रभावितलाई चार लाख सहयोग
गल्याङ :
गल्याङ नगरपालिकाद्वारा भुकम्प प्रभावितलाई चार लाख सहयोग गर्ने निर्णय गरेको छ । गल्याङ नगरपालिकाको कार्यपालिका बैठकले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको छ दशमलव चार रेक्टरको भूकम्पले जाजरकोट तथा रुकुम पश्चिम जिल्लामा भएको जनधनको क्षति प्रति पालिकाले दुःख प्रकट गर्दै भुकम्प पिडितलाई थप राहत मिलोस भनी पालिकाले चार लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
गल्याङ नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधिबाट २ लाख रुपैयाँ र नगरपालिकाको विपत व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ गरि जम्मा ४ लाख रुपैयाँ नेपाल सरकारले खडा गरेको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो । जस अनुसार नगरपालिकामा कार्यरत कर्मचारीको एक दिनको तलब तथा जनप्रतिनिधिको एक दिनको सेवा सुविधाबाट रकम जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


