गल्याङ नगरपालिकाद्वारा भुकम्प प्रभावितलाई चार लाख सहयोग
गल्याङ :
गल्याङ नगरपालिकाद्वारा भुकम्प प्रभावितलाई चार लाख सहयोग गर्ने निर्णय गरेको छ । गल्याङ नगरपालिकाको कार्यपालिका बैठकले जाजरकोटको बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गत शुक्रबार राति गएको छ दशमलव चार रेक्टरको भूकम्पले जाजरकोट तथा रुकुम पश्चिम जिल्लामा भएको जनधनको क्षति प्रति पालिकाले दुःख प्रकट गर्दै भुकम्प पिडितलाई थप राहत मिलोस भनी पालिकाले चार लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख गुरुप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
गल्याङ नगरपालिकाले नगरपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधिबाट २ लाख रुपैयाँ र नगरपालिकाको विपत व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ गरि जम्मा ४ लाख रुपैयाँ नेपाल सरकारले खडा गरेको विपद व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो । जस अनुसार नगरपालिकामा कार्यरत कर्मचारीको एक दिनको तलब तथा जनप्रतिनिधिको एक दिनको सेवा सुविधाबाट रकम जम्मा गर्ने प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


