चापाकोट नगरपालिकाले अतिबिपन्न ५ परिवारलाई घर बनाइदिने

स्याङ्जा:
चापाकोट नगरपालिकाले पालिकाभित्रका अतिबिपन्न ५ परिवारलाई घर बनाइदिने भएको छ।
घरवार विहीन अति विपन्न ५ परिवारलाई एक÷एक वटा सामान्य घर निर्माण गरिदिने नगर प्रमुख देवबहादुर खाण (ईश्वर) ले जानकारी दिनुभयो ।
दिनभर अरुको काम गरेर रातमा आफनै घरमा आरामले सुत्न पाउन भन्ने उदेश्यले यसबर्ष ५ वटा घर निर्माण गर्ने योजना बनाएको उहाले बताउनुभयो ।
उनका अनुसार, ‘यसवर्ष वडा नं. ७ का सीता दर्जी, वडा नं. ४ का रोमन विक र केशबहादुर दमै, वडा नं. १० का माया भट्टराई र दिवस विकको घर बनाउनेछौं।’े
हाल घरवार बिहीन भएर भाडामा बस्दै आउनु भएका ती परिवारलाई नगरपालिकाले बासको ब्यवस्थापन गरिदिन लागेको उपप्रमुख इशा रानाले जानकारी दिनुभयो ।
जनश्रमदान बाहेक प्राबिधिक ईष्टमेट अनुसार १५ लाख खर्च गरिने पालिकाले जनाएको छ।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…