न्यायीक मामिला व्यवस्थापन प्रणाली शुरु गरेको भन्दै अष्ट्रेलियन राजदुतले गरिन वालिङका प्रशंसा ।
राधाकृष्ण डुम्रे/वालिङ :
वालिङ नगरपालिकाले शुरु गरेको न्यायीक मामिला व्यवस्थापन प्रणाली र अपाङ्गता समावेशी डिजिटल सूचना प्रविधिको अष्ट्रेलियन राजदुत फेलिसिटी भोल्कले प्रशंसा गर्नु भएको छ । पालिकाले शुरु गरेको नविनतम कार्यको उहाँले प्रशंशा गर्नु भएको हो ।
राजदुत भोल्कले ट्विट गर्दै भन्नुभयो,“वालिङ नगरपालिकालाई न्यायिक मामिला व्यवस्थापन प्रणाली (जाम्स) र अपाङ्गता समावेशी डिजिटल सूचना सुविधा सुरु गरेकोमा बधाई छ । यसले पहुँचयोग्य डिजिटल समाधानहरूलाई सहयोग गर्ने र प्रभावकारी सेवा वितरणको लागि पारदर्शी शासनलाई बढावा दिनेछ ।”
राजदुतावासको आधिकारिक फेसवुक पेजबाट पनि नगरपालिकाको यो कार्यको प्रशंसा गरिएको छ ।
वालिङ नगरपालिकाले न्यायीक व्यवस्थापन प्रणाली मार्फत सेवाग्राहीले न्याय सम्बन्धी पूर्ण जानकारी दिन शुरु गरेको हो । प्रविधियुक्त नोटिस बोर्ड मार्फत सेवाग्राहीले मेलमिलाप सम्बन्धी जानकारी, मुद्धाहरूको फैसला, दरपिट, सम्बन्धित निकायमा गरिएको पत्रचार लगायत सूचना सहज रुपमा पाउन सक्ने नगरउपप्रमुख तथा न्यायीक समितिका संयोजक कविता तिवारीले जानकारी दिनुभयो । अव अव समस्यामा परेका नागरिकले घरबाटै उजुरी गर्न,पेशी वा बोलाईएको दिनको जानकारी लिन तथा निर्णय बारे सहजै जानकार हुन सक्नेछन्, जसले गर्दा नागरिकको समय तथा आर्थिक बचत हुने उपप्रमुख तिवारीको भनाई छ ।
यस्तै पालिकाले सुरु गरेको अपांगमैत्री नागरिक वडापत्रले फरक क्षमता भएका नागरिकलाई सहज हुने पालिकाले जनाएको छ । यस्ता व्यक्तिहरूले नगरबाट प्राप्त गर्ने सेवाहरूलाई सुनेर,देखेर, छोयर साथै साङ्केतिक भाषाको प्रयोग गरेर सहजै जानकारी प्राप्त गर्ने प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले जानकारी दिनुभयो ।
दि एसिया फाउन्डेसन र अस्ट्रेलियन राजदुतावासको साझेदारी संचालित स्थानीय सरकार सवलीकरण कार्यक्रमको सहयोग तथा राष्ट्रिय अपांग महासंघको समन्वय,अपाङ्ग संजाल स्याङ्जाको पैरवीमा अपाङ्गमैत्री नागरिक वडापत्र र अपांगमैत्री वेवसाईटको शुभारम्भ गरिएको हो ।
नगरपालिकाले आफ्ना सेवाहरुलाई पछिल्लो समय प्रविधिमैत्री बनाउदै लगेको छ । यस्तै कृषिको व्यवस्थापन प्रणाली समेत सञ्चालनमा ल्याएको छ भने योजना सम्पन्न गर्ने तथा यसको भुक्तानी पनि डिजिटल मार्फत गर्न शुरु गरेको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताउनु भयो ।
पालिकाले सञ्चालनमा ल्याएको कृषि तथा पशु एपको प्रयोगबाट कृषकले आफ्नो उत्पादनहरूलाई सहजरुपमा बजारिकरण गर्न सक्ने नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो । कृषकहरूको सम्पूर्ण विवरण व्यवस्थित सूचना प्रणालीमा राखिएको जानकारी दिदै प्रमुख खाँणले अव तथ्याङ्कका आधारमा अनुदान र राहतका कार्यक्रम सञ्चालन गर्न सहज हुने बताउनु भयो ।
पशु तथा कृषि बस्तुहरूमा लाग्ने रोगहरूको विज्ञहरूबाट राय तथा सुझाव पालिकाले प्रदान गर्ने कृषि तथा पशु सम्बन्धी जानकारी,माटो परिक्षण गरि कुन ठाउमा के लगाउदा राम्रो भन्ने जानकारी तथा उद्यमीहरुको विवरण सहित वातावरणीय अवस्थाको जानकारी तत्कालै उपलव्ध हुने पालिकाका सूचना प्रविधि अधिकृत प्रकाश अर्याललको भनाई छ ।
स्मार्ट सिटिको अवधारणमा अगाडि बढिरहेको पालिकाले प्रविधि र यसका क्षेत्रमा विभिन्न काम गर्दै आएको जनाएको छ ।
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
६ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…