कोशी प्रदेशमा सत्ता समीकरण फेरियो, एमालेको समर्थनमा कांग्रेसका कार्की मुख्यमन्त्री नियुक्त
कोशी प्रदेशको सत्ता समीकरण फेरिएको छ । एमालेको सहयोगमा नेपाली कांग्रेसका सांसद केदार कार्की मुख्यमन्त्रीमा नियुक्त भएसँगै त्यहाँको सत्ता समीकरण फेरिएको हो । आज कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्ति गर्नुभएको छ।
कार्कीलाई समर्थन गर्ने एमालेका ३९ र कांग्रेसका ८ सांसदको हस्ताक्षर सनाखत गरेपछि प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । बिहान मुख्यमन्त्रीमा समर्थन गरेका सांसदहरुको सनाखत भएकोमा एमाले र कार्की पक्षधर कांग्रेसका सांसदहरु मात्र उपस्थित भएका थिए ।
आफ्नो पक्षमा बहुमत नपुग्ने भएपछि मुख्यमन्त्रीमा दाबी गरेका सत्तारुढ गठबन्धनका उम्मेदवार र समर्थक सनाखतका लागि गएनन् । गठबन्धनबाट माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको मुख्यमन्त्रीमा दाबी पेस भएको थियो । तर आङ्बो पक्ष हस्ताक्षर सनाखतका लागि उपस्थित नै भएनन् ।
कार्की संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । यसअघि असोज २० गते हिक्मतकुमार कार्कीले विश्वासको मत नपुग्ने भएपछि मुख्यमन्त्रीबाट राजीनामा दिनुभएको थियो ।
नवनियुक्त मुख्यमन्त्री कार्कीकाे शपथ आइतवार भाेलि दिउँसाे १ बजे हुने भएकाे छ ।

समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


