वालिङ नगरपालिकालाई अपाङ्गमैत्री बनाइने
वालिङ :
वालिङ नगर प्रमुख कृष्ण खाँणले वालिङलाई अपांगमैत्रि बनाइने बताउनुभएको छ ।
आफ्नो कार्यकालमा वालिङलाई अपांगमैत्रि नगर घोषणा गर्ने भन्दै यसका लागि जनप्रतिनिधि र अपाङ््गताका लागि संगठित संघसंस्था मात्रै भएर पुग्दैन, आम नागरिक, बुद्धिजीवि, नागरिक समाज, पत्रकारलगायत सम्पूर्णको साथ र सहयोग आवश्यक रहने उल्लेख गर्नुभयो ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र द एशिया फाउण्डेशनको सहयोगमा स्थानीय सरकार सवलीकरण परियोजना अन्तर्गत स्याङ्जा अपाङ्ग समाजको साझेदारीमा वालिङमा सञ्चालित अपाङ्गता समावेशी विकास कार्यक्रम अन्तर्गत बुधबार पत्रकार र जनप्रतिनिधिबीच अपाङ्गताका क्षेत्रमा वालिङमा अहिलेसम्म भएगरेका प्रगति विवरण सार्वजानिक कार्यक्रममा नगरप्रमुख खांँणले यस्तो बताउनुभएको हो ।
अपांगताका क्षेत्रमा महशुस हुनेगरी काम गर्छौं, नगरप्रमुख खांणले भन्नुभयो, “अपांगमैत्रि नगरका लागि आवश्यक बजेट नीति तथा कार्यक्रम बनाएर हामी अगाडि बढ्छौँ । बजेटमा गर्नुपर्ने काम शून्य बजेटमा पनि हुन सक्ने कामहरु वर्गीकरण गरेर प्राथमिकताको आधारमा बजेट विनियोजन गरी हामीले नगरलाई अपांगमैत्रि बनाउने योजनामा अगाडि बढेका छौँ ।” सरकारको मात्रै मुख ताक्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै हरेक विकास निर्माण र नगर वडालाई समृद्ध बनाउनका लागि साझा एजेण्डाहरु लिएर अगाडि बढ्नुपर्नेमा प्रमुख खांँणको जोड छ ।
स्थानीय तहमा अपाङ्गता समावेशी विकास कार्यक्रम अन्तर्गत वालिङमा पैरवी समूह गठन गरिएसँगै अपाङ्गता सम्बन्धी गतिविधिहरुमा क्रियाशील रहेको, समूहको आन्तरिक तथा सरोकारवाला पक्षहरुसँग अभिमुखीकरण कार्यक्रमहरु भईरहेको सन्र्दभमा बुधबार पत्रकार र जनप्रतिनिधिसंग छलफल गरिएको स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोख्रेलले बताउनुभयो । यो कार्यक्रम सञ्चालन भएपछि सकारात्मक प्रभाव देखिएको कार्यक्रममा जानकारी गराईएको थियो ।
वालिङका जनप्रतिनिधि, शाखा प्रमुखहरु तथा बजारहरुमा समेत अपाङ्ंग व्यक्तिहरुलाई गर्ने व्यवहारमा सकारात्मक प्रभाव देखिएको स्याङ्जा अपाङ्ग समाजका निवर्तमान अध्यक्ष तथा वालिङका फोकल पर्सन युवराजले प्रस्तुत गर्नुभएको प्रतिवदेन मार्फत जानकारी दिईएको थियो । यस कार्यक्रमले अपांङ्गता भएकाहरुको क्षमता विकास भएको आफ्ना कुराहरु व्यक्त गर्न सक्ने भएको समेत फोकल पर्सन पराजुलीले बताउनुभयो । वालिङमा १ हजार २ सय ८१ विभिन्न प्रकारका अपांगहरु छन् ।
कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष श्रीकृष्ण सिग्देलले अपाङ्गता व्यक्तिहरुको क्षमता विकासका लागि र उनीहरुको दैनिक जीवनलाई सहज बनाउन राज्यले समेत प्रयास गरिरहेको भन्दै यसमा समाजले पालिकाहरुसंग समन्वय गर्दै अगाडि बढ्नु निकै सकारात्मक पक्ष रहेको बताउनुभयो । कार्यक्रम स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
परियोजनामार्फत बिभिन्न संघ संस्थाहरुसँग अभिमुखीकरण कार्यक्रम गरिसकेको छ । परियोजनाको अवधि समाप्त हुन थालेकाले बाँकी रहेका सरोकारवाला पक्ष तथा निकायहरुसँगको समन्वयात्मक बैठक तथा अन्तरक्रिया सञ्चालन गर्ने तयारी भईरहेको अध्यक्ष शर्माले बताउनुभयो ।
कार्यक्रममा नगरपालिकाले सूचना प्रविकिो प्रयोग गरेर नगरपालिकालाई अपांगतामैत्रि बनाउन टेवा पुग्ने खालका कार्यक्रमहरु गरेको भन्दै समाजले शाखालाई सम्मान स्वरुप मायाको चिनो प्रदान गरेको छ । शाखा प्रमुख प्रकाश अर्याललाई समाजले मायाको चिनो प्रदान गरेको थियो ।
यसअघि नगरपालिकालकाई समेत मायाको चिनो प्रदान गरिसकेको छ । यसैबीच वालिङ नगरपालिकाले अपांगमैत्रि बडापत्रको सुभारम्भ गरेको छ । श्रव्य, दृष्य सहितको नागरिक वडापत्र नगरपालिकाले शुभारम्भ गरेको हो । यसअघि डिजिटल बडापत्र राखेको नगरपालिकाले नगरपालिकाबाट प्रवाह हुने सेवा सुविधाका बारेमा अपाङ्गता भएका व्यक्तिहरुको सहजताको लागि अपांगमैत्रि वडापत्रको शुभारम्भ गरेको हो ।
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


