वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।

वालिङ :
वढदो सवारी साधन र अव्यवस्थित पार्किङको समस्या भोगिरहेको वालिङमा सुविधा सम्पन्न बसपार्क निर्माण हुने भएको छ । वालिङ नगरपालिका वाड नं ८ स्थित शितलनगरमा आधुनिक बसपार्कको निर्माणको लागि नगरपालिकाले नगरविकास कोषसँग सम्झौता गरेको छ ।
सोमबार नगरविकास कोषसँग कुल १२ करोड २७ लाख ५७ हजार रुपैयाँको सम्झौता भएको नगर प्रमुख कृष्ण खाँणले जानकारी दिए । खाँणका अनुसार कुल सम्झौता रकममध्ये नगर विकास कोषसँग ६ करोड ७५ लाख १६ हजार ३ सय ५० ऋण लिइएको हो भने नगरपालिकालाई १ करोड २२ लाख ७५ हजार ७ सय रुपैयाँ नगरविकास कोषबाट नै अनुदान प्राप्त भएको हो । त्यसैगरी ४ करोड २९ लाख ६४ हजार ९सय ५० रुपैयाँ वालिङ नगरपालिकाले लगानी गर्ने जानकारी दिएका छन् ।
स्मार्ट सिटीको नीति लिएर अगाडी वढेको वालिङमा सवारी साधन व्यवस्थित रुपमा पार्किङ गर्ने ठाउँको अभावले बजार क्षेत्र कुरुप तथा साघुरो बनेको थियो । सवारी पार्किङको समस्या समाधानको लागि विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) अनुरुप नगर विकास कोषले ऋण लगानी गर्न तयारी भएको र सोही अनुरुप बसपार्क निर्माण हुने नगर प्रमुख खाँणले जानकारी दिए ।
नमुना बसपार्क निर्माणको लागि शहरी विकास कोषको ९० प्रतिशत तथा वालिङ नगरपालिकाको १० प्रतिशत लगानीमा डीपीआर तयार भएको थियो ।
नमुना बसपार्कको टर्मिनल भवन, घेरा पर्खाल, वर्कशप,आन्तरिक बाटो लगायत सम्पूर्ण निर्माणको लागि १४ करोड ४१ लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । यसको लागि शहरी विकास कोषबाट ८० प्रतिशत ऋण तथा वालिङ नगरपालिकाको २० प्रतिशत लगानीमा काम सम्पन्न हुनेछ ।
निर्माण सम्पन्न भएपश्चात बसपार्कमा प्रतिघण्टा ९६ वटा सवारी साधनहरु पार्किङ गर्न सकिनेछ । जीप, मिनीबस, माइक्रोबस लगायतका छोटो दुरीमा चल्ने सवारी साधनहरु प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिनेछ । त्यसैगरी लामो दुरीमा चल्ने बसहरु प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बसहरु प्रतिघण्टा ८ वटा, प्रतिघण्टा २ पाङ्ग्रे १० वटा,निजी सवारी कारहरु २० वटा अटाउनेछन् ।
बसपार्क निर्माणको लागि यसै आर्थिक वर्षमा टेण्डर आह्वान हुने नगरपालिकाका इन्जिनियर ध्रुव रेग्मीले जनाकारी दिए ।
समाचार
थप सामाग्री
स्याङ्जामा ट्रक दुर्घटना चालक गम्भीर घाइते
२ दिन अगाडि
स्याङ्जा : पुतलीबजार नगरपालिका वडा नम्बर १० बरजामा बिहीबार ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् । दुर्घटना ट्रक…