अहिलेको सरकारलाई जुनसुकै तरिकाले भए पनि मिल्काउनुपर्छ: केपि शर्मा ओली ।
काठमाण्डौ:
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारलाई हटाउनुपर्ने बताएका छन्। ओखलढुंगामा आइतबार गुरू लुइँटेल स्मृति पार्क उद्घाटन गर्दै अध्यक्ष ओलीले सरकारले जनतालाई नहेरेको बताए।
‘अहिलेको सरकार बसिरहन हुन्छ? तपाईंहरू भन्नुस् त: यस्तो सरकार राख्न हुन्छ’ ? ओलीले प्रश्न गरे, ‘तपाईं-हामी नेपाली जनताले यो सरकार जुनसुकै तरिकाले भए पनि यसलाई टिपेर मिल्काउनुपर्ने अवस्था आइसक्यो।’
सरकारले जनता नहेरेको तर सुन हेरिरहेको ओलीको आरोप छ। ‘यति नालायक जनता हेर्दैन, सुनतिर हेर्छ,’ ओलीले भने। ब्रेक शुदेखि इलेक्ट्रिक भेपसम्ममा सुन आइरहेको ओलीको भनाइ छ।
‘बुढाबुढीले आशीर्वाद दिनुहुन्थ्यो: माटो छुँदा अन्नै होस्। ढुंगा छुँदा द्रव्य होस् भनेर अहिले त जे छोयो त्यही सुन,’ उनले भने, ‘माओवादी नेतृत्वको सरकार, क्रान्तिकारी र परिवर्तनकारी सरकार, कस्तो, भ्रष्टाचारी र तस्करी !’
देशमा हिंसा भड्काउने प्रयास भइरहे पनि सरकार हेरेर बसेको उनको आरोप छ। अहिलेको सरकारले नौ महिनामा केही काम नगरेको ओलीको आरोप छ। “यो सरकारले नौ महिनामा एउटा सिन्को पनि भाँचेन,” उनले भने, ‘एउटा कानुन बनेको छैन संसदबाट।’
सुन तस्करी रोक्न एमालेले संसदबाट माग गरे पनि त्यसबेला संसद अवरोध गरेर कानुन बनाउन नदिएको भन्ने हल्ला चलाइएको उनको भनाइ थियो। प्रधानमन्त्री प्रचण्ड अमेरिका र चीन भ्रमणमा जाँदा संसद रोकिएको उनको भनाइ छ।
समाचार
थप सामाग्री-
२३ वर्षपछि वालिङमा सशस्त्र प्रहरीको आफ्नै स्थायी संरचना बन्ने, जग्गा अधिग्रहण प्रक्रिया सुरु
-
चाडपर्वमा वालिङ प्रहरीको सक्रियता : लागूऔषध,अवैध समान,पटका सहित बिभिन्न व्यक्ति पक्राउ ।
-
सिद्धार्थ राजमार्गमा प्रहरीको अपरेसन: लागूऔषधसहित बागलुङका युवक वालिङमा पक्राउ
-
दुर्घटनामा श्रीमानश्रीमती कै मृत्यु : गुल्मी जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो ।
-
प्रहरी चौकीको पुरानो ब्यानर हटाएर नयाँ राखियो
नेपाली कांग्रेस (देउवा समूह)को बिरुवा गाउँ सभापतिमा कुमार राना
३ हप्ता अगाडि
स्याङ्जा : नेपाली कांग्रेस (देउवा समूह) को बिरुवा गाउँपालिकाको १५ औं नियमित महाधिवेशनले युवा नेता गणेशमान राना (कुमार ) को…


