संबिधान दिवसका अवसर पारेर सहिद महेन्द्र शाह पार्कमा दिप प्रज्वलन
स्याङ्जा :
आठौं संबिधान दिवसको अवसर पारेर सहिद महेन्द्र शाह पार्कको सरसफाई एवं दिप प्रज्वलन गरिएको छ ।
पुतलीबजार नगरपालिका १४ सतौ स्थित पार्कमा सहिद महेन्द्र शाह स्मृति प्रतिष्ठानद्वारा सरसफाई तथा दीप प्रज्वलन गर्रिएको हो।
पुतलीबजार नगरपालिकाका नगर प्रमुख तुलसीराम रेग्मीले शहिद महेन्द्र शाह जस्तै हजारौं नेपाली जनताको बलिदानबाट प्राप्त संबिधानमाथि निरन्तर प्रहारहरू भईरहेको र यसको संरक्षण गर्नु सबैको दायित्व रहेको बताउनुभयो। लोकतन्त्र र स्वतन्ताका निम्ति आफना ज्यानको समेत प्रवाह नगरी आन्दोलनमा उत्रेका शाहको योगदानको चर्चा गर्दै उनले देखाएको मार्गमा हिड्न उहाले आग्रह गर्नुभयो ।
कार्यक्रममा पुतलीबजार वडा अध्यक्ष जितेन्द्रप्रकाश मल्ल, स्थानीय समाजसेवीहरु ध्रुवबन्धु पौडेल, सूर्यप्रसाद लामिछाने, राजेन्द्रप्रसाद भण्डारी लगायतले महेन्द्र शाहका योगदानका बारेमा चर्चा गर्नुभएको थियो।
प्रतिष्ठानका उपाध्यक्ष ईमनाथ पुरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव रबिन के।सी।ले स्वागत तथा सहसचिव करूणा पौडेलले संचालन गर्नुभएको थियो।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
४ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


