घरदैलो नर्सिङ सेवाबारे वालिङमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
मणी प्रसाद अर्याल
भाद्र ३१,वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकामा सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तरगत नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाको आयोजनामा अभिमुखीकरण कार्यक्रम गरिएको हो । वालिङ नगरपालिकाका १४ वटै वडाहरुमा नर्सहरुद्वारा सेवा प्रवाह गर्ने नगरपालिकाको योजना अनुरुप सहजीकरणको लागि अभिमुखीकरण गरिएको हो ।
नागरिकहरुलाई स्वास्थ्य सेवा प्रवाह गर्ने सन्दर्भमा आवश्यक पर्ने पूर्वाधार निर्माण,जनशक्ति व्यवस्थापन, स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सीप विकास तथा अन्य पक्षहरुको विषयमा छलफल भएको नगरपालिकाले जनाएको छ ।
आयोजित अन्तरक्रियामा नागरिकहरुको स्वास्थ्य सेवा तथा जीवनयापन को अवधारणा नागरिक उन्मुख बनाउन स्वास्थ्यको तथ्याङ्क राख्नको लागि आवश्यक चाहिने सीप विकासमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ ।
सुरक्षित मातृत्व,बाल स्वास्थ्य, किशोर–किशोरी स्वास्थ्य,प्रजनन स्वास्थ्य,मानसिक स्वास्थ्य,सर्ने तथा नसर्ने रोगहरुको रोकथाम र नियन्त्रण र जेष्ठ नागरिकह स्वास्थ्य सेवाको विकास र विस्तार गर्न लक्षित कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमले सहयोग पुग्ने विश्वास गरिएको छ ।
अभिमुखीकरण कार्यक्रममा वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले निर्वाचनको समयमा नागरिकमाझ गरेको प्रतिवद्धता पुरा गर्नको लागि तय गरिएको योजनानुरुप कार्य सुरुवात गरेको बताउनुभयो ।
उहाँले नगरपालिकाले नागरिकको स्वास्थ्यको प्रत्याभूति दिलाउन ठोस कदम चालेको उल्लेख गर्दै स्वास्थ्यको क्षेत्रमा आम नागरिकहरुले स्थानीय सरकारलाई नजिकबाट महसुस गर्ने गरी काम गर्ने बताउनुभयो ।
कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह«ेले नागरिकको स्वास्थ्य नै नगर विकासको आधार रहेको उल्लेख गर्दै स्वस्थ नागरिकले नै नगर समृद्ध बन्ने बताउनुभयो । उहाँले नागरिकको स्वास्थ्यलाई सबल बनाउन नगरले थालेको योजनामा जनप्रतिनिधि,कर्मचारी तथा आम नागरिकहरुको सर्वपक्षीय समन्वय आवश्यक रहेको भनाई व्यक्त गर्नुभयो ।
सामुदायिक स्वास्थ्य तथा नर्सिङ घरदैलो कार्यक्रमले हरेक परिवारको प्रत्येक सदस्यको स्वास्थ्यको तथ्याङ्क राख्न,स्वस्थ जीवनशैली प्रवद्र्धन गर्न नियमित स्वास्थ्य परीक्षण,प्रवद्र्धन तथा प्राथमिक उपचार प्रदान,स्वास्थ्य समस्याको स्क्रिनिङ गर्दै आम नागरिकलाई स्वास्थ्य शिक्षा प्रदान गर्ने लगायतका कार्य गरिने नगरपालिकाले जनाएको छ ।
अभिमुखीकरण कार्यक्रममा विभागका निर्देशक हिरा निरौलाले सहजीकरण गर्नुभएको थियो ।
समाचार
थप सामाग्री
खुमा फाउण्डेसनद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
२ दिन अगाडि
भीरकोट –७ मा स्थापना भएको खुमा अर्याल फाउण्डेसनले स्याङजाका ६९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शिक्षा, स्वस्थ्य, खेलकुद…


