सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाडौं :

तीन दिनदेखि आन्दोलनरत शिक्षकहरु र सरकारबीच ६ बुँदे पत्रमा सहमति भएको छ ।

शुक्रबार गृहमन्त्रालयमा शिक्षा मन्त्रालय र शिक्षक प्रतिनिधिहरुको बैठकले तयार पारेको सात बुँदे मस्यौदापत्रमा दुई पक्षबीच सहमति भएको ।

उक्त सहमतिसँगै शनिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिने पनि समझदारी भएको छ । सरकारकी प्रवक्तासमेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले दुई पक्षबीच सहमतिसँगै शिक्षकहरुले आन्दोलन पनि फिर्ता लिने बताएकी छन्।

शुक्रबार शिक्षा मन्त्रालयमा शिक्षा सचिव सुरेश अधिकारी र नेपाल शिक्षक महासंघका अध्यक्ष कमला तुलाधरको टोलीले वार्ताका लागि आवश्यक सात बुँदे मस्यौदाहरु तयार पारेको थियो ।

सोही सहमतिपत्रमाथि छलफल गर्न गृह मन्त्रालयमा वार्ता बोलाइएको थियो । साथै, वार्ताले सकारात्मक रुप लिन सफल भएको छ ।

यस्तो छ सरकार र आन्दोलनकारी शिक्षकबीच भएको सहमति पत्रको मस्यौदाको पूर्णपाठः

 

-विभिन्न अनलाईनबाट

Facebook Comments Box
TOP