गल्याङमा ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरेर मनाईयो ।

गल्याङ :
गल्याङमा ५७ औ अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
कार्यक्रम गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले शिक्षक बर्गको हातमा सभ्य समाज निर्माणको तागत रहेको बताउनु भयो । आफ्नो पेशामा प्रतिबद्ध भएर लाग्न आग्रह समेत गर्नुभयो । उहााले भन्नुभयो,“समाज कस्तो बनाउने हो भन्ने जिम्मा शिक्षकलाई नै छ त्यसैले उहाँहरु जिम्मेवार र दक्ष हुनु पर्दछ ।”
यस्तै नगर प्रमुख गुरुप्रसाद भट्टराईले अतिरिक्त कृयाकलापको माध्यमबाट बिद्यार्थीमा रहेको अन्तर निहित क्षमताको बिकास गरि उनीहरुमा सकारात्मक उर्जा थप्ने तथा उत्साही बनाउदै शैक्षिक प्रगतिका लागि थप उत्प्रेरित गर्न आफूहरुको ध्यान रहेको बताउनु भयो ।
कुनैपनी क्षेत्रमा जस्तो सोच राखिन्छ त्यस्तै उपलब्धि प्राप्त हुने भएकोले सकारात्मक सोच राख्दै आफ्नो कर्ममा लाग्नु पर्नेमा नगरप्रमुख भट्टराईको अजोड छ ।
शिक्षकहरुको असल कर्म र निरन्तरताले नै सभ्य समाज निर्माण हुने भएकोले त्यस तर्फ कर्तब्यनिष्ट भएर लाग्न अनुरोध गर्नुभयो ।
यसै अबसरमा नगर उपप्रमुख हेमा न्यौपानेले सभ्य समाज निर्माणमा लाग्न सबै शिक्षकहरुमा अनुरोध गर्नुभएको थियो ।
साक्षरता दिवसको सन्दर्भमा आयोजित नगरस्तरीय माध्यमिक तह हाजिरीजवाफ प्रतियोगिता , कविता लेखन तथा वाचन प्रतियोगिता, नृत्य प्रतियोगिता र आधारभूत तह नृत्य साथै बक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो ।
कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माको विशेष उपस्तिथिति रहेको थियो । कार्यक्रमको सञ्चालन शिक्षा,युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक हिमाल भण्डारीले र स्वागत शिक्षा शाखा प्रमुख केदारराज आचार्यले गर्नु भएको कार्यक्रमको धन्यवाद मन्तव्य गल्याङ नगरपालिका नगर शिक्षा समिति सदस्य द्रबेन्द्रदेब खनालले गर्नु भएको थियो ।
यसैबीच अबसरमा कक्षा ५ र ८ को उपलब्धिमापन परीक्षामा नगर प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थी,बिद्यालय साथै उत्कृष्ट नम्बर आएका बिषय शिक्षक, प्रतियोगिताका बिजेता, लामो समय शिक्षण पेशामा रहि अवकास प्राप्त शिक्षक, बढुवा शिक्षक साथै आफ्नो पेशामा प्रतिबद्ध शिक्षक, कर्मचारी, शिशु सहयोगी कार्यकर्ता, बिब्यस अध्यक्षहरु, गल्याङ र मालुङ्गा बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थीहरु, कर्मचारी लगायतका ब्यक्तिहरुलाई दोसल्ला, सम्मान पत्र र नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा नगरभित्रका सामुदायिक र सस्थागत बिधालयका सयौ शिक्षकहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो ।
समाचार
थप सामाग्री
सेतो पुतलीबाट लाग्ने ‘सापु’ को जोखिम बढ्दै, आँखाको दृष्टि नै गुम्न सक्ने खतरा ।
४ दिन अगाडि
काठकाण्डौ: सेतो पुतली मुख्य कारक मानिने दृष्टिनाशक रोग ‘सिजनल हाइपर एक्युट प्यानयुभाइटिस’ (सापू)का बिरामीहरू केही समयता काठमाडौँका विभिन्न ठाउँमा देखिएको…