भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति

भीरकोट :
स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा अवस्थित आँधिखोला बहु प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन आइटी इन्जिनियरिङ अध्ययन गर्नका लागि २ वटा वडाका ६ जना विद्यार्थीहरूलाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको नगरपालिकाले जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएका र प्राविधिक शिक्षामा रुची भै आँधिखोला बहु प्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन आइटी इन्जिनियरिङमा भर्ना भएका विद्यार्थीहरूलाई पालिकाले पूर्ण छावृत्ती प्रदान गरेको हो । वडा नं ८ का ४ जना र ५ का २ जनालाई पूर्ण छात्रवृत्ति प्रदान गरिएको छ । वडा नं ८ का सुरुची जैसी, थमन गुरुङ, सुमन राना र महेश शर्मालाई छात्रवृत्तिको सुविधा पाएका छन् । यसैगरी वडा नं ५ का रन्जु कुँवर र परी थापाले उक्त सुविधा पाएका हुन् ।
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले पालिकामा प्राविधिक जनशक्तिको अभाव रहेको हुँदा विद्यार्थी र शिक्षालयको माग अनुसार नगर कार्यपालिकाको बैठकले पूर्ण छात्रवृत्ति दिने निर्णय गरेको जानकारी दिए । “ पालिकामा आवश्यक पर्ने जनाशक्ति प्राप्तिमा सहज होस् र उनीहरूले पनि सहज रूपमा रोजगारी प्राप्त गरून भन्ने उद्देश्यले पूर्ण छात्रवृत्ति दिएको हो” , नगरप्रमुख कर्माचार्यले भने “ उनीहरूले राम्रोसँग पढून र नगरपालिकाको सेवा पनि गरुन भन्ने हाम्रो चाहना छ । ३ वर्षे प्राविधिक शिक्षामा लाग्ने सबै खर्च नगरपालिकाले शिक्षालयलाई भूक्तानी दिन्छ ।”
प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुंगानाले विद्यार्थीहरूको प्राविधिक शिक्षा अध्ययन गर्ने चाहना सहज रूपमा पूरा होस् भन्ने हेतुले छात्रवृत्ति प्रदान गरिएको बताए । आँधिखोला बहु प्राविधिक शिक्षालयका शैक्षिक कार्यक्रम संयोजक नवराज पौडेलले जिल्ला भित्र प्राविधिक जनशक्तिको अभाव रहेकाले स्थानीय तहहरूलाई प्राविधिक शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न अनुरोध गर्ने गरिएको बताए । शिक्षालयमा सबैभन्दा बढी वालिङ नगरपालिकाका विद्यार्थीहरू छात्रवृत्तिमा प्राविधिक शिक्षा अध्ययन गरिरहेका छन् । उनका अनुसार वालिङले हरेक वर्ष २८ जना विद्यार्थीहरूलाई छात्रवृत्ति दिदै आएको छ । शिक्षालयमा हाल २३ जिल्लाका विद्यार्थीहरू अध्ययनरत छन् ।

Facebook Comments Box
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि

राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…

TOP