महिला राष्ष्ट्रका पहिलो शक्ति हुन् : पूर्व मन्त्री अर्याल
स्याङ्जा :
नेकपा एमालेका केन्द्रीय सचिव पदमा अर्यालले महिलालाई राष्ट्रको पहिलो शक्ति भएको बताउनुभएको छ ।
अखिल नेपाल महिला सँघ स्याङ्जाले वालिङमा सोमबार आयोजना गरेको तीज विशेष कार्यक्रमलाई सम्वोधन गर्दै पूर्व मन्त्री समेत रहनुभएका अर्यालले महिला भनेको यो देशको शक्ति भएको बताउनुभएको हो । उहाँले राजनीतिक परिवर्तनमा महिलाहरुको ठूलो योगदान रहेको इतिहासको वर्णन गर्नुभयो ।
हिजो महिलाहरुलाई घरबाट बाहिर निस्कने वातारण थिएन, हक अधिकारको विषय त परैको कुरा भयो उहाँले भन्नुभयो महिला अधिकार र स्वतन्त्रताका लागि अग्रजहरुले गरेका त्याग र बलिदानीले आज हामी यसरी संगठितरुपमा स्वतन्त्र भएर अगाडि बढन पाएका हौं । अग्रजहरुको सपना र उनीहरुले कोरेको बाटोमा आज हामी हिडिरहेका छौं ।

तिनै अग्रजहरुको सम्मान गर्दै थप अधिकारका लागि आ—आफ्नो ठाउँबाट लाग्नुपर्ने सचिव अर्यालले औंल्याउनुभयो । इज्जत र सम्मानकासाथ बिभिन्न संगठनमा नेतृत्व गर्दै सांसद, मन्त्री र राष्ट्रपतिसमेत हुने ठाउँमा पुगेका छों यो हाम्रो सफलता हो उहाँले भन्नुभयो ।
जीवनको समृद्धि अबको अभियान भएको सचिव अर्यालको भनाई छ । हामी अगाडि बढ्दैछौं, फड्को मार्दैछौ, हिजोका नारी घरभित्र सीमित थिए भने आज बाहिर सम्पूर्ण क्षेत्रमा सक्रीय भएर काम गरिरहेको उहाँले औंल्याउनुभयो ।
पितृ सत्तात्मक सोंच पुरुषमा मात्र होइन महिलामा पनि भएको भन्दै सचिव अर्यालले सबैभन्दा पहिला सों बदल्न आवस्यक छ । सोंच बदल्न सकिन्छ, विचार बदल्न सकिन्छ र मात्र परिवर्तन सम्भव हुने उहाँले उल्लेख गर्नुभयो ।
हाम्रो अन्तिम गन्तव्य भनेको पुरुष समान ढङ्गले प्रतिस्पर्धा गरेर अगाडि बढने भएको भन्दै सचिव अर्यालले समाजमा सह अस्तित्व कायम गर्ने र मरेर जाँदा पनि सबैले सम्झिने खालका काम गर्नुपर्ने व्यक्त गर्नुभयो । तीजलाई परम्परागत पर्वकासाथै शसक्तिकरणका साथै महिलालाई अगाडि बढाउने चाडकारुपमा लिनुपर्ने सचिव अर्यालको भनाई छ ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


