पत्रकार भट्टराईलाई पितृशोक ।

chhabilal bhattarai

चापाकोट :
स्याङजाको चापाकोट एफएमका स्टेशन म्यानेजर तथा पत्रकार महासंघ स्याङ्जाका सदस्य राम प्रसाद भट्टराई (रामु)लाई पितृ शोक परेको छ । उहाँका बुबा छविलाल भट्टराईको ८५ बर्षको उमेरमा निधन भएको हो ।
लामो समय देखि समाजसेवामा सक्रिय रहदै आउनु भएका भट्टराईको विहिवार निधन भएको हो ।
स्वर्गीय छविलालको कालीगण्डकी नदिको सीता घाटमा अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ ।
उहाँका दुई श्रीमती,चार छोरा र ११ छोरी रहेकाछन् ।
यसैवीच पत्रकार महासंघ स्याङ्जाले स्वर्गीय भट्टराई प्रति भावपूर्ण श्रद्धान्जली प्रकाट गरेको छ । पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले परिवारजनमा समवेदना प्रकट गर्नु भएको हो ।

Facebook Comments Box
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
३ हप्ता अगाडि

स्याङ्जा : स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडक खण्डमा सोमबार साँझ जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।…

TOP