माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न
स्याङ्जा :
मातृभूमि सामुदायिक पुस्तकालय, कालीगण्डकी विर्घाको आयोजनामा अन्तर माध्यमिक स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । १६औं पुस्तकालय दिवसको अवसरमा आदर्श वाक्य ”पुस्तौं पुस्ताका लागि पुस्तकालय” लाइ नै शिर्षकको रूपमा लिएर संचालन गरिएको सो प्रतियोगितामा कालीगण्डकी गाउँपालिकाका ८ विद्यालयले आफ्नो सहभागिता जनाएका थिए ।
वक्तृत्वकला प्रतियोगितामा जनता माध्यमिक विद्यालय बिर्घा अर्चलेका छात्रा राधा पाण्डेय प्रथम, देउराली मा.वि का छात्र विष्णु पाण्डेय द्वितीय र जनहित मा.वि.का छात्रा एन्जिला रानाले तृतीय स्थान प्राप्त गरेका थिए ।
विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि कालीगण्डकी गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा र विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष सावित्रा कोइरालाले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुभएको थियो ।
सो अवसरमा गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापा, उपाध्यक्ष सावित्रा कोइराला, वडा नम्बर ४ का वडाध्यक्ष यादवप्रसाद पाण्डे, जनहित माविका प्रधानाध्यापक केशर पाण्डे क्षेत्री, पुस्तकालयका कोषध्यक्ष चुमकला पाण्डे लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यबाहक अध्यक्ष हिमलाल पाण्डेको अध्यक्षतामा संचालन भएको कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक र स्थानीयहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन पुस्तकालयका सचिव नारायण प्रसाद पाण्डेले गर्नुभएको थियो ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


