वालिङमा पार्किङ तथा भाडा समायोजन सम्बन्धी बैठक सम्पन्न
:वालिङ नगरपालिकामा सञ्चालनमा रहेका सवारीसाधनहरुको पार्किङ तथा भाडादर कायम गर्ने सम्बन्धमा बैठक सम्पन्न भएको छ ।
नगरप्रमुख कृष्ण खाँणको अध्यक्षता,ट्राफिक प्रहरी,जीप तथा अटो व्यवसायी र उद्योग वाणिज्य संघको उपस्थितिमा बसेको बैठकले वालिङमा सञ्चालित सवारीसाधनहरुको व्यवस्थापनको लागि विभिन्न निर्णयहरु गरेको छ ।
सोमबार बसेको बैठकले वालिङ नगरपालिकाभित्र सञ्चालनमा रहेका सवारीसाधनहरु बजार क्षेत्रमा एकतर्फी आलोपालो पार्किङ गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकले वालिङमा सञ्चालित अटो रिक्साको भाडा पनि निर्धारण गरेको छ । अटो रिक्साको भाडा कच्ची सडकमा तीन कि.मि.सम्म प्रतिव्यक्ति रु.१५ कायम हुने निर्णय गरेको छ । पक्की सडकमा तीन कि.मि.सम्म प्रति कि.मि.प्रतिव्यक्ति रु १० कायम गरेको छ । कच्ची सडकमा तीन कि.मि.भन्दा बढी दुरीमा प्रति कि.मि.रु १० तथा सोही प्रकृतिमा पक्की सडकमा प्रति कि.मि.रु १५ भाडादर कायम गरेको छ ।
यसैगरी स्याङ्जा पपर्वत प्रा.लि.बाट सञ्चालित जीपहरु भुम्रेचोकदेखि माथि कृषि विकास बैङ्कको पछाडिको खाली जग्गामा पार्किङ गर्ने निर्णय पनि गरेको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


