उत्पादन साथमा अनुदान हातमा : प्रदेश सांसद तिवारी

कला राना,
वालिङ १७ साउन ।
गण्डकी प्रदेशका सांसद कल्पना तिवारीले गण्डकी प्रदेशले अब उत्पादन साथमा अनुदान हातमा भन्ने नारालाई कार्यान्वयनमा ल्याउने बताउनुभएको छ । वास्तविक कृषकले अनुदान पाउनको लागी प्रदेशले यस्तो निति लिएर अगाडि बढेको भन्दै झोलामा फर्म लिएर हिडंने नक्कली कृषकलाई सरकारले प्राथामिकता नदिने बताउनुभएको हो । बुधबार वालिङमा एम जि नर्सरी फर्मको उद्दघाटन गर्नुहुँदै प्रदेश सांसद तिवारीले यस्तो बताउनुभएको हो । पेशा व्यवसायमा धैर्यता आवश्यक रहने भन्दै स्थापना भन्दा निरन्तरता पहिलो प्राथामिकता रहेको उहाँले बताउनुभयो ।
वालिङमै ठुलो नर्सरीको स्थापना गरीनु यहाँका नागरिकको लागी खुसीको कुरा भएकाले फलफुलका विरुवा, फुलका माला दुबोको मालालगायत यहाँका स्थानीयको आवश्यकताको आधारमा आफ्नो व्यवसायलाई अगाडि बढाउन नर्सरी संचालकलाई उहाँको सुझाव थियो । फुलको मालालगायत फुलजन्य वस्तुमा यहाँको पैसा धेरै विदेशीने अवस्था रहेको भन्दै नेपालको पुँजी नेपालमै राख्न सकियो भने देशको अर्थतन्त्र बलियो बन्ने सांसद तिवारीको भनाई छ ।
कार्यक्रममा नेपाली कांगे्रस जिल्ला कार्यबहाक सभापति केदार काफ्ले, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, रिद्धिसिद्धि बचत तथा ऋण सहकारीका अध्यक्ष मुक्तिप्रसाद पाण्डेलगायतले आयातलाई प्रतिस्थापन गरी निर्यातलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । फलफुलका लागी देशको धेरै पुँजी बाहिरिएको अवस्थामा वालिङ स्थित उद्योग, फर्म, व्यवसाय थपिनु निकै राम्रो रहेको वक्ताहरुले बताएका थिए ।
वालिङ ८ केदारनाथ मार्ग स्थित ४.२ आनामा रहेको नर्सरी फर्मले छिट्टै फुलखेति गरी जिल्लामा बाह्रैमासे फुल तथा फुलको माला पु¥याउने नर्सरी संचालक गौरी अधिकारी न्यौपानेले बताउनुभयो । गौरी सहित, सुशिला भट्टराई, मोहनीलाल रिजाल गरी ३ जनाले सामुहिक रुपमा नर्सरी उद्योगको शुरुवात गर्नुभएको हो ।
बाँझो रहेको जग्गाको सदुपयोग गरी बाँदरले समेत असर नगर्ने फुल खेति मार्फत जिल्लालाई मालामा आत्मनिर्भर बनाईने उहाँको भनाई छ । नसरीले अन्य उद्यमीहरुले उत्पादन गर्नुभएको माला तथा विरुवाहरुलाई समेत बजारीकरण गरिदिने अर्को संचालन मोहनीलाल रिजालले बताउनुभयो । स्याङ्जामा माटो सुहाँउने, बाह्रमासे आँप, कटहर, लिचिलगायतका विरुवा, घर सजावटका लागी आवश्यक विरुवालगायत फलफुलका विरुवाहरु, गमलाहरु, गमला राख्ने स्याण्डहरुको विक्रि वितरण गर्ने उद्देश्यका साथ नर्सरी स्थापना गरिएको संचालनकले बताएका छन् ।
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…