कांग्रेस नेता कमल पंगेनीको स्मृतिमा बृद्धाश्रममा अक्षयकोष ।
वालिङ, साउन २० गते ।
नेपाली कांग्रेस स्याङ्जाका तत्कालीन सभापति तथा संविधान सभा सदस्य स्वर्गीय कमलप्रसाद पंगेनीको स्मृतिमा बृद्धाश्रममा अक्षयकोषको स्थापना गरिएको छ । स्व.पंगेनीको पाँचौं स्मृति दिवस पारेर रामनदीधाम राम्दीमा रहेको शिवपार्वती वृद्धाश्रममा रु ५० हजारको अक्षय कोष स्थापना गरिएको हो ।
अक्षयकोषको व्याजबाट आउने रकमबाट आश्रममा बस्दै आएका बृद्धबृद्धाहरुलाई प्रत्येक बर्ष स्वर्गीय पंगेनीको स्मृति दिवस पारेर खाना खुवाउने तथा सम्मान गरिने कांग्रेस स्याङ्जा २ (क) का सभापति अर्जुन प्रसाद खनालले जानकरी दिनुभयो ।
कांग्रेस स्याङ्जा क्षेत्र नं. २ प्रदेश क र ख को समन्वयमा रकम संकलन गरी कोषको स्थापना गरिएको सभापति खनालको भनाई छ ।
गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराई,प्रदेश सभापति खनाल,महाधिवेशन प्रतिनिधि लक्ष्मी प्रसाद रेग्मी,जिल्ला समन्वय समितिका सदस्य सरस्वती बगाले लगायतले अक्षयकोषको रकम बृद्धाश्रमलाई हस्तान्तरण गर्नु भएको हो ।
तत्कालिन कांग्रेस सभापति पंगेनीको २०७५ साल साउन २० गते ५७ बर्षको उमेरमा निधन भएको थियो ।

समाचार
थप सामाग्री
उत्कृष्ट मावि सम्मानबाट वालिङकाे आदर्श मावि सम्मानित
२ महिना अगाडि
काठमाडौं : स्याङ्जाको वालिङ–८, भीमटारीस्थित श्री नेपाल आदर्श माध्यमिक विद्यालय राष्ट्रिय स्तरको “उत्कृष्ट माध्यमिक विद्यालय सम्मान–२०८३” बाट सम्मानित भएको छ।…


