वालिङमा शैक्षिक सुधारको लागि अन्तरक्रिया
वालिङ :
विद्यालय स्तरमा शैक्षिक सुधारको लागि वालिङमा अन्तरक्रियया कार्यक्रम गरिएको छ । वालिङ नगरपालिकाको आयोजना तथा खबर एजुकेशन डट कम को समन्वयमा वालिङ नगरपालिकाका कार्यपालिका सदस्यहरु र शिक्षा समितिका सदस्यहरुको बीचमा अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले शैक्षिक सुधारको लागि नगरपालिकाले काम गरिरहेको जानकारी दिदै यसमा प्रतिबद्ध रहेको बताउनु भयो ।
उहाँले शिक्षकहरुलाई राजनैतिक संलग्नताको आरोप लाग्ने गरेकोमा त्यसबाट बचेर शिक्षण सिकाई गनर्थ निर्देशन दिनुभयो ।
कार्यक्रममा वालिङमा रहेका सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्था,समस्याहरु तथा सुधारको विषयमा छलफल गरिएको थियो । कार्यक्रममा वालिङ नगरपालिकाका वडा अध्यक्षहरुले आ–आफ्ना वडामा रहेको सामुदायिक विद्यालयहरुको शैक्षिक अवस्थाको बारेमा जानकारी गराएका थिए ।
सामुदायिक विद्यालयहरुमा एसईई परीक्षाको नतिजा खस्किँदै जानुमा शिक्षक,अभिभावक तथा विद्यार्थीहरुको त्रिपक्षीय सम्बन्ध स्थापित हुन नसकेको जनप्रतिनिधिहरुले बताएका छन् ।
यसैबीच वालिङका सामुदायिक तथा संस्थागत विद्यालयहरुका प्रधानाध्यापकहरुलाई प्रश्नपत्र निर्माण तथा मूल्याङ्कनकोे विषयमा कार्यशाला सम्पन्न गरिएको छ ।
विद्यार्थीहरुको शैक्षिक गुणस्तर मापनको लागि प्रयोग गरिने प्रश्नपत्रमा समेटिनुपर्ने विषय वा पक्षहरुको बारेमा कार्यशाला गरिएको हो ।
गुणस्तर मापनको लागि अपनाइने मूल्याङ्कनको विधि परीक्षालाई लिइने भएकोले प्रश्नपत्र निर्माणको क्रममा गहन अध्ययन हुन आवश्यक रहेको सहभागीहरुले बताएका छन् ।
समाचार
थप सामाग्री-
आँधीखोलामा नुहाउने क्रममा बेपत्ता भएकी महिला मृत अवस्थामा फेला ।
-
स्याङ्जा :अचेत भेटिएकी महिलाको मृत्यु
-
पोखरामा ट्रकको ठक्करबाट स्याङ्जा का २५ वर्षीय युवाको मृत्यु
-
२५ वर्षदेखि छाङछाङदी मन्दिरमा बस्दै आएका ५५ वर्षीय साधु मृत भेटिए
-
स्याङ्जाको आँधीखोलामा भेटिएको शव वालिङ–११ का प्रेमबहादुर थापाको भएको पुष्टि
संकटमा मानवताको सहारा: बाढी-पीडितको लागि पतन्जलीको २ करोड ११ लाख
३ हप्ता अगाडि
काठमाडौँ : प्रकृतिले विनाशको लीला रचाउँदा हजारौँ नेपालीको ओठको मुस्कान खोसिएको छ, घर-आँगन भत्किएका छन्। तर, यही महाविपत्तिको अँध्यारोमा करुणा…


