स्याङ्जाको गल्याङमा कार दुर्घटना हुँदा तीनजना घाईते ।
वालिङ :
स्याङ्जाको गल्याङमा कार दुर्घटना हुँदा तीन जना घाईते भएका छन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको मालुङ्गामा गएराती कार दुर्घटना हुँदा तीन जना घाईते भएका हुन् । बुटवलबाट पोखरा जाँदै गरेको ग २ च २१७४ नम्बरको कार सिद्धार्थ राजमार्गबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि कारमा सवार कास्कीको पोखरा महानगरपालिका वडा नं. ११ बस्ने ४३ बर्षीय सुमन गुरूङ, वडा नं ३० बस्ने २८ बर्षी उत्तम भण्डारी र पोखरा कै वडा नं. ५ बस्ने ३५ बर्षीय सन्दिप थकाली घाईते भएकाछन् ।
घाईते तीनै जनालाई गल्याङ नगर अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि मनिपाल शिक्षण अस्पताल पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता प्रहरी नायव उपरिक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


