स्याङ्जाको गल्याङमा कार दुर्घटना हुँदा तीनजना घाईते ।

वालिङ :
स्याङ्जाको गल्याङमा कार दुर्घटना हुँदा तीन जना घाईते भएका छन् ।
सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको मालुङ्गामा गएराती कार दुर्घटना हुँदा तीन जना घाईते भएका हुन् । बुटवलबाट पोखरा जाँदै गरेको ग २ च २१७४ नम्बरको कार सिद्धार्थ राजमार्गबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि कारमा सवार कास्कीको पोखरा महानगरपालिका वडा नं. ११ बस्ने ४३ बर्षीय सुमन गुरूङ, वडा नं ३० बस्ने २८ बर्षी उत्तम भण्डारी र पोखरा कै वडा नं. ५ बस्ने ३५ बर्षीय सन्दिप थकाली घाईते भएकाछन् ।
घाईते तीनै जनालाई गल्याङ नगर अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारका लागि मनिपाल शिक्षण अस्पताल पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता प्रहरी नायव उपरिक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।
समाचार
थप सामाग्री-
प्रथम पिङ्क सिटि महोत्सव : भलिबलको सेमिफाइनल समिकरण पूरा
-
दमक र वालिङ उद्योग वाणिज्य संघले वालिङमा मनाए होली मिलन कार्यक्रम
-
सर्जक सम्मान तथा अग्रज स्रष्टाहरूको फोटो प्रदर्शनी कार्यक्रम सम्पन्न ।
-
नवग्रह मन्दिरबाट साढे ७७ लाख बढी भेटी संकलन
-
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी

स्याङ्जा पत्रकार समाजका अध्यक्ष रिजाललाई पितृ शोक ।
१ हप्ता अगाडि
वालिङ : स्याङ्जा पत्रकार समाजका केन्द्रीय अध्यक्ष ईन्द्र रिजाललाई पितृ शोक परेको छ । पत्रकार रिजालका बुवा डिल्लीराज रिजालको ८१…