स्याङ्जालाई क्रिकेट खेलबाट चिनाउनुपर्छ : सांसद पौडेल
स्याङ्जा २७ साउन । गण्डकी प्रदेश सांसद सुधिर पौडेलले स्याङ्जालाई क्रिकेट खेलबाट चिनाउनु पर्ने बताउनु भएको छ । छोटो समयमा संघले राष्ट्रिय तथा अन्र्तराष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागी गराई सफलता प्राप्त गरेकोमा उहाले खुशी ब्यक्त गर्नुभयो ।
स्याङ्जा जिल्ला क्रिकेट संघको तेस्रो जिल्ला अधिवेशन तथा साधारणसभाको शनिवार उदघाटन गर्दै उहाले स्याङ्जामा अन्य धेरै खेलहरु खेलिने भएता पनि क्रिकेटलाई प्राथमिकतामा राखेर अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।
एक वडा एक खेल मैदान आजको आवश्यकता रहेको जनाउदै खेलका माध्यमबाट शारिरीक एवं मानसिक तन्दुरुष्टीका लागि स्थानीय पालिकाहरुले खेलकूद तथा शारिरीक ब्यायामका लागि उपयुक्त वातावरण निर्माण गर्नुपर्नेमा उहाले जोड दिनुभयो ।
सांसद पौडेलले क्रिकेटका लागि आवश्यक सहयोग गर्ने समेत प्रतिवद्धता जनाउदै खेलाडीको सम्मानमा राज्यले चुकेको उहाको भनाइ थियो ।
कार्यक्रममा प्रतिनिधीसभा पूर्वसांसद नारायणप्रसाद मरासिनी, क्रिकेट संघ गण्डकी प्रदेश अध्यक्ष देवेन्द्र प्रजु, फेदिखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदी, पुतलीबजार नगरपालिका १ का अध्यक्ष उत्तम श्रेष्ठ, १३ का अध्यक्ष जुद्धबहादुर थापा, वडा सदस्य बिष्णुकुमार श्रेष्ठ, क्रिकेट प्रशिक्षक जगतबहादुर टमाटा, क्रिकेट संघ कास्कीका अध्यक्ष संजय सिग्देल लगायतले स्याङ्जामा क्रिकेट खेलमा सफलता बढ्दै गएकोमा खुशी ब्यक्त गर्दै खेलाडीलाई प्रोत्साहनको आवश्यकता रहेकोमा जोड दिदै क्रिकेट खेलकालागि आवश्यक सहयोग गर्न आफुहरु तयार रहेको बताउनुभयो ।
क्रिकेट संघ स्याङ्जाका अध्यक्ष दिवाकर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य नारायण तिवारीले स्वागत एवं सचिव बिक्रम तिवारीले संचालन गर्नुभएको थियो । यसैगरी, संघको बन्द सत्रले नयाँ कार्यसमिति चयन गर्ने जनाएको छ ।
समाचार
थप सामाग्री-
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
-
कांग्रेसमा अमृत वोस्तीको उम्मेदवारी, प्रवासीको आवाज केन्द्रमा पुर्याउने दाबी
-
केन्द्रीय सदस्यमा ढकालको उम्मेदवारी, उद्यमदेखि सामाजिक अभियानसम्मको अनुभवलाई कांग्रेसको नीतिमा जोड्ने लक्ष्य
-
‘अब कुनै पक्ष-विपक्ष छैन, हामी एउटै परिवार हौँ’: नवनिर्वाचित क्षत्रीय सभापति खनाल
-
व्यवसाय, समाजसेवा र राजनीतिलाई जोड्ने प्रयास : खुमा अर्यालको नयाँ अध्याय
सङ्घर्ष, समर्पण र जिम्मेवारीको पर्याय: केदार काफ्लेको निष्ठापूर्ण राजनीतिक यात्रा
२ हप्ता अगाडि
राजनीति निष्ठा, निरन्तरता र जनताप्रतिको अगाध समर्पणको परीक्षा हो। त्यही परीक्षामा चार दशकभन्दा बढी समयदेखि खरो उत्रिँदै आउनुभएका एक निर्भीक,…


