वालिङमा मोटरसाईकलको ठक्करबाट दुई बालिका घाईते ।
वालिङ :
स्याङ्जाको वालिङमा मोटरसाईकलको ठक्करबाट दुई बालिका घाईते भएकाछन् । आज दिउसो वालिङ नगरपालिका वडा नं. ९ सुरकउदी स्थित भित्रि सडक खण्डमा वालिङबाट सुरकउदी तर्फ जाँदै गरेको लु.४७ प. ४०९८ नं. को मोटरसाईकलले सडकमा हिड्दै गरेका दुई बालिकालाई ठक्कर दिएको हो ।
ठक्करबाट भिरकोट नगरपालिका ५ बस्ने सरस्वती कुँवरको छोरी बर्ष ९ की सिया कँुवर र सिया कुँवरले बोकेकी चार महिनाकी उनकै बहिनी रिया कुँवर घाईते भएका हुन् । घाईते दुबैको वालिङ प्राथमिक अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रबक्ता प्रहरी नायब उपरिक्षक रबिन्द्र खनालले जानकारी दिनुभयो ।
मोटरसाईकल चालक र मोटरसाईकल प्रहरी नियन्त्रणमा रहेको , थप अनुसन्धान कार्य जारी ।
समाचार
थप सामाग्री
अपराध नियन्त्रण र अनुसन्धानमा सघाउन अर्जुनचौपारीमा १३ सीसीटीभी जडान
३ हप्ता अगाडि
स्याङ्जा : स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ स्थित बजार क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउने तथा अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने उद्देश्यले १३…


