पुष्पलाल स्मृति दिवस पारेर स्याङ्जामा रक्तदान, १२८ जनाले रक्तदान गरे

स्याङ्जा :
४५औ पुष्पलाल स्मृति दिवसका अवसरमा स्याङ्जामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तदानमा कार्यक्रममा १२८ जनाले रक्तदान गरेका छन् । पुतलीबजार नगरपालिका १ को सिटीहलमा राष्ट्रिय युवा संघ नेपाल स्याङजाले पुष्पलाल स्मृति दिवसमा आइतबार गरेको कार्यक्रममा ११९ पुरुष र नौ महिला गरी १२८ जनाले रक्तदानमा गर्नु भएको हो ।
नेपाल रेडक्रस सोसाइटी कास्कीको समन्वयमा गरिएको रक्तदानमा नेकपा एमाले केन्द्रिय सदस्य सिता सुन्दासले रक्तदान जिवन दान भएको बताउदै स्वास्थ्य ठिक भएकाले रक्तदान गर्नुपर्ने बताउनुभयो । पुष्पलालको योगदानलाई भुल्न नहुँने भन्दै उहाँले मार्गनिर्देश गर्नुभएको बाटोमा हिड्नुपर्नेमा सुन्दासले जोड दिनुभयो । मागयुवा संघ स्याङजाका अध्यक्ष पिताम्बर खनालले अस्पतालमा रगतको अभाब देखिएपछि हरेक बर्ष जस्तै खुल्ला रक्तदान गरेको बताउनुभयो । यसैबीच आँधीखोला गाउँपालिका अध्यक्ष बिश्वनाथ पौडेलले २९ औ पटक रक्तदान गर्नु भएको थियो ।

Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जामा बालिकालाई जवरजस्ती करणी गर्ने एक पक्राउ
-
उपकारको अधिवेशन असोज २९ देखि, उमेद्वार हुन तालिम र परीक्षा पास अनिवार्य
-
वालिङमा बसपार्क निर्माण गर्न नगर बिकास कोषसंग ऋण सम्झौता,नमुना बषपार्क बन्ने ।
-
राष्ट्रिय लोक तथा प्रतिष्ठान स्याङ्जाको वार्षिक साधारणसभा सम्पन्न
-
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

भीरकोटले दियो प्राविधिक शिक्षाका लागि छात्रावृत्ति
४ दिन अगाडि
भीरकोट : स्याङ्जाको भीरकोट नगरपालिकाले ६ जना विद्यार्थीहरूलाई प्राविधिक शिक्षा अध्ययनका लागि पूर्ण छावृत्ति प्रदान गरेको छ । वालिङ नगरपालिकामा…